‘स्याटलाइट कम्युनिकेशन’को कारमा सफल प्रयोग, ८ घण्टामा भयो रेस्क्यू

काठमाडौं । कठिन भूवनोट र मानव वस्ती नभएको सुनसान बाटोमा गाडी बिग्रिय के गर्ने भन्ने अन्योल धेरैमा हुन्छ । त्यति बेला मोवाइल फोन र इन्टरनेटको पहुँच भएन भने चालक र यात्रु आत्तिने गर्छन् ।

अझ रातीको समय भयो भने धेरैको होस् नै उड्छ । यसै आपत परेको घटना बाहिर आएको छ । उक्त घटनामा ‘स्याटलाइट कम्यूनिकेशन’को प्रयोग गरेर गाडी र यात्रुको रेस्क्यू गरिएको हो ।

चीनको किङघाई प्रान्तको डेलिङ्घा क्षेत्रमा उक्त घटना भएको हो । ग्रामिण क्षेत्र, कच्ची बाटो र मानव बस्ती नभएको स्थानमा आइतोको एम-९ को टायर पंचर भएको थियो ।

चालक एक्लै रहेको अवस्थामा टायर काम नलाग्नेगरी पंचर हुँदा समस्या निम्तेको थियो । चाकलको दुईवटै मोवाइलमा नेटवर्क थिए । साथै, उसले एक्लै टायर बनाउन सक्ने अवस्था पनि नभएको बताइन्छ ।

यस्तो अवस्थामा उनले गाडीमा रहेको स्याटलाइट बेस ईकल फङ्सनको प्रयोग गरेर सहायता मगाएका थिए । यसरी गाडीमा स्याटलाइट फङ्गसनको प्रयोग भएको यो पहिलो घटना हुन सक्ने दावी गरिएको छ । आइतोको ईकल फङ्सनले गाडीको प्रिसाइज जीपीएस कोअर्डिनेट इमर्जेन्सी सर्भिसलाई पठाएको थियो ।

यो पुरै प्रक्रियामा समस्या थाहापाउने वित्तिकै आइतोको रोडसाइड असिस्टेन्ट सर्भिसले तत्काले खटाएको थियो । रेस्क्यु टिमलाई उक्त गाीडसम्म पुग्न ३ वटा पहाड कटेर करिब १०० किलोमिटर कच्ची बाटो यात्रा गर्नु परेको थियो । उक्त दूरी पार गर्न करिब ३ घन्टा ३० मिनेट लागेको कम्पनीले जनाएको छ ।

यस बीचमा रेस्क्यू टीम आइरहेको कुरा चालकलाई हरेक एक घन्टामा अपडेट गराइएको थियो । सम्पूर्ण कार्य पुरा गरेर गाडीलाई ठिक गर्न करिब ८ घण्टा लागेको कम्पनीको भनाइ छ ।

आइतो एम-९ मा हुवावेको सिङ्घे कम्युनिकेशन सिस्टम रहेको छ । यसमा ३६० डिग्री स्याटलाइएट कम्युनिकेशन सिस्टम पाउने सकिन्छ ।


Back_to_top