काठमाडौं । मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभीको नाम ई-भिटारा हुने यसअघि नै जानकारी दिएको थियो । कम्पनीले अहिले परीक्षण गरिरहेको एसयूभीमा ‘ई-स्कूडो’ लेखिएको देखिएको हो ।
ई-स्कूडो नामसँगै यसको चर्चा फेरी सुरु भएको छ । तोकेभन्दा निकै ढिलागरी बजारमा आउन लागेको सुजुकीको इलेक्ट्रीक एसयूभीको युरोपियन भर्सन मात्रै ई-स्कूडो नामबाट आउन लागेको अनुमान गरिएको छ । यसको विषयमा सुजुकीको आधिकारीक धारणा बाहिर आएको छैन ।
मोर्चुगिज भाषामा स्कूडोको अर्थ चाँदीको सिक्का भन्ने हुन्छ । भारतीय मिडियाहरुका अनुसार सम्भवत युरोपमा मात्रै स्कूडो नामबाट जानेछ । भारतमा ई-भिटारा नै नाम रहन सक्छ ।
भारतको हरियाणामा प्लान्ट नजिकै यसलाई देखिएको समाचार प्रकाशित भएको हो । सुजुकीले यसलाई फिचर प्याक एसयूभीको रुपमा बिक्री सुरु गर्दैछ । यसमा टेक फिचरको रुपमा एडास लेभल टु, ३६० डिग्री क्यामेरा, १०.१ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको साउन सिस्टम प्रयोग गरेको छ ।

यसका अलावा टायर प्रेसर मोनिटरिङ सिस्टम, चारवटै चक्कामा डिस्क ब्रेक, प्रिमियम सिट, पानारोमिक ग्लास रुफ, भ्यान्टिलेटेड सिट, वायरलेस चार्जर जस्ता सहजता र आरामदायीको लागि प्रयोग हुने फिचर दिइएको छ । यसमा ७ वटा एयरब्याग प्रयोग भएको छ ।
यसअघि नै कम्पनीले दिएको जानकारी अनुसारकै ४९ र ६१ किलोवाट आवरको एलएफपी ब्याट्री यसमा रहने छ । फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभमा उपलब्ध हुने ई-स्कूडोमा ईको, नर्मल, स्पोर्टस् र स्नो मोड उपलब्ध हुनेछ ।

