लिक भयो यामाहा एमटी–१५ को इन्जिनलगायत अन्य फिचर

यामाहा एमटी–१५ एबीएस इन्जिन स्पेसिफिकेशन, डायमेन्सनलगायतका विविध विशेषता सार्बजनिक भएको छ । आईएभीबाट अनुमतिप्राप्त गरेको मोटरसाइकल सेन्ट्रल मोटर भेहिकलको नीतिअनुसार निर्माण भएको हो ।

यसमा १५५.१ एचओएचसी लिक्विड लिक्विड–कुल्ड फोर–भल्भ इन्जिन लगाइएको छ । यसले १० हजार आरपीएममा १९.०५ बीएचपी पावरकासाथै ८५ सय आरपीएममा १४.७ एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड गियरबक्सको साथै स्ट्यान्र्डड स्लीपर–क्लच लगाइएको छ । 

मोटरसाइकलको लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम, १०७० एमएम उचाई रहेको छ भने १३३५ एमएमको ह्वीलवेश दिइएको छ । यसको तौल २८८ किलोग्राम रहेको छ ।

 

इन्डिया स्पेक एमटी–१५ मा टेलिस्कोपिक फ्रन्टमा फर्क लगाइएको छ भने यामाहा आर–१५ भी–३.० मा उपलब्ध अलोय ह्वीलकासाथै एमआरएप ट्यूवलेस–टायर दिइएको छ । यसकासाथै, मोटरसाइकलमा बक्स–टाइप स्वीङ्ग–आर्मले एल्युनियम युनिट, डेल्टाबक्स फ्रेम, परिमार्जित न्यू–बग आइड–एलइडी हेडल्याम्प, मस्कुलर फ्यूल–ट्याङ्क स्राउन्ड, लोअर्ड–टेल सेक्सन, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ ।


Back_to_top