८१ वर्ष पुरानो बाइक बिक्यो एक करोड ६१ लाखमा, यस्तोछ रहस्य

अमेरिकाको लस–भेगसमा आयोजित एक लिलामी समारोहमा हलिउड अभिनेता स्टीव म्याक्विनले सन् १९३८ चढेको ट्रायफ फाइभ–टी स्पीड–ट्वीन मोटरसाइकल १ करोड ६१ लाख रुपैयाँ (एक लाख ४३ हजार डलर)मा लिलाम बिक्री भएको छ । आयोजकले भने उक्त मोटरसाइकल करिब १ करोड रुपैयाँ करिब ९५ हजार डलरमा लिलामी हुने अपेक्षा राखेका थिए । 

तर, हलिउड अभिनेता स्टीभको नाम जोडिएको मोटरसाइकल अपेक्षाकृत मूल्यभन्दा बढीमा मूल्यमा लिलामी भएपछि आयोजकसमेत आश्चर्यमा परेका थिए । कम्पनीले यो मोटरसाइकलबाट इन्स्पायर्ड हुँदै २०१९ स्पीड–ट्वीन मोटरसाइकल निर्माण गरेको छ । 

कम्पनीले सन् १९७० मा यो मोटरसाइकलको पुनः उत्पादन गरेको थियो । सन् १९८४ मा स्टील म्याक्विनले पहिलोपटक उक्त मोटरसाइकललाई लिलामीमा बिक्री गरेका थिए । 

पछिल्लो समय पुराना कार, मोटरसाइकल करोडौँ मल्यमा लिलामी हुने गरेको छ । सन् २०१८ मा १९६२ फेरारी २५० जीटीओ ३ सय ४० करोडमा लिलामी भएको थियो । ती मोडल दुर्लभ हुनुकासाथै दिग्गज कलाकार, खेलाडी, सम्राटको नाम जोडिने भएकाले महंगो मूल्यमा लिलामी हुने गरेको हो । 


Back_to_top