तयार हुँदै मारुती सुजुकी वेस ‘टोयोटा बलेनो’, यस्तो छ सार्वजनिक गर्ने मिति

टोयोटाले मारुती सुजुकीसँगको सहकार्यमा निर्माण गरेको नयाँ ह्याचब्याक ‘बलेनो’ सार्वजनिक गर्ने तयारी गरेको छ । 

कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर एमडी एन राजाले बलेनोलाई यसै वर्षको सेकेन्ड हाफमा सार्वजनिक गर्ने बताएका हुन् । अटोकार इन्डियासँगको कुराकानीमा उनले यस्तो जनाकारी दिएका हुन् । 

बलेनोमा कम्पनीले फरक डिजाइनको फेस्कीयाको प्रयोग गरेको छ भने अलोय ह्वील पनि फरक दिएको छ । यद्यपि, कम्पनीले यसमा सिट–मेटल भने परिवर्तन गरेको छैन । 

मारुती बलेनोमा के–१२ एम १.२ लिटर नेचुरल्ली एस्पीरेटेड पेट्रोल इन्जिन र डी–१३ ए १.३ लिटर टर्बोचार्ज्ड डिजेल इन्जिन दिइएको थियो । तर, टोयोटाले भने डिजेल इन्जिनमा गाडी नल्याउने अनुमान गरिएको छ ।

बलेनोपछि कम्पनीले भिटारा–ब्रेजा सार्वजनिक गर्ने जनाएको छ । त्यस्तै, मारुती सुजुकीले भने अघिल्लो जेनेरेशनको कोरोला बिक्री सुरु गर्ने जनाएको छ । 


Back_to_top