बजाज पल्सर एनएस–१६० अब झनै सुरक्षीत, कति बढ्ला मूल्य

बजाजले पल्सर रेन्जको एनएस १६०को एबीएस भेरियन्ट अप्रिल महिनामा भारतीय बजारमा सार्बजनिक गर्ने भएको छ । यो पल्सर एनएस सिरिजको सुरुवाति मोडल हो ।  

यस मोटरसाइकलमा सिंगल च्यानल एबिएस दिइएको छ । यसका अलवा मोटरसाइकलको मेकानिकल र कस्मेटिक पार्टमा कुनै परिमार्जन गरिएको छैन । 

यो बाइकमा १६० सीसी फोर स्ट्रोक आयल कुल्ड इन्जिन लगाइएको छ । यसले ८५०० आरपीएममा १५.५ पीएस पावरका साथै ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । 

पुरानो मोडलको तुलनामा यसको तौल केही बढेको कम्पनीले जनाएको छ । पछिल्लो समय बजाजले आफ्ना विभिन्न मोडलमा एबीएस सुविधा प्रदान गर्दै आएको छ । 

पल्सर एनएसले नेपाली बजारमा टीभीएस अपाची आरटीआर–१६० फोर भी, सुजुकी जिक्सर, यामाहा एफजेडएस तथा होन्डा सिबी हार्नेट १६० आरसँग प्रतिस्पर्धा गरिरहेको छ । 

बाइकमा १७ इन्च अलोय ह्वील दिइएको छ । बजाज पल्सर एनएस १६० स्टायडर्ड मोडल ट्वीन डिस्कको मूल्य २ लाख ८६ हजार ९०० रुपैयाँ रहेको छ । एबीएस फिचर थप भएसँगै यसको मूल्यमा करिब ४० हजार रुपैयाँले बढ्ने अनुमान गरिएको छ । 


Back_to_top