सडकमा देखियो जीप रैंगलर, यस्तो छ मूल्य

अमेरिकन अटो ब्राण्ड जीपको बहुचर्चित मोडल रैंगलर चाँडै लन्च गर्ने तयारी भएको छ ।  भारतको सडकमा टू–डोर भेरिएन्टको जीप रैंगलर टेस्ट गरिदै गरेको फोटोहरु भारतीय मिडियामा आएका छन् । 

हालै, देखिएको जीप रैंगलरमा ओभरल्याण्ड पार्कसहित रहेको छ । जसमा बढिकलरको ग्रिल, हेडल्याम्प बेजल्स,  १८ इन्चको एलोय ह्वील, बढीकलर स्पेयर टायर कभर रहेको छ । 

यसको इन्टेरियर पनि अल ब्ल्याक थीममा रहेको छ । यसमा लेदरको सीट तथा ड्यासबोर्ड सोही कलर कम्बिनेसनमा देखिने छ । यो अटोमेटिक ट्रान्समिसनमा रहेको छैन । 

जीप रैंगलरको २०१८ मोडलमा २२ सय सीसीको चार सिलिण्डरको इन्जिन रहेको छ, जसले १९७ बिचपी पावर र ४५० एनएम टर्क उत्पादन गर्छ । यसमा ८ स्पीड गियर बक्स रहेको छ । 

यसको अमेरिकी बजारमा ३२ हजार ४४० डलर मूल्य तोकिएको छ । 

जीप रैंगलरकै रुबिकेन भेरिएण्टको पनि भारतमा टेस्टिङ भइरहेको छ । यो भेरिएन्टमा अफरोड फिचर जडित छन् । यसमा रकट्याक ४x४ सिस्टम छ जसमा २ स्पिड टास्फरमेसन गियर रहेको छ । जसको सहायताले जस्तो सुकै अफरोडमा पनि यो गाडी जान सक्छ ।

नेपालमा पनि जीप ब्राण्डका एसयुभीहरु चाँडैनै आउदैछ । लाईफ अटोमावाईल प्रालिले आयात गर्न लागेको जीपको शुरुमा कम्पास मोडलको बिक्री गरिने कुरा कम्पनीले जनाएको छ । 

बजारको माग हेरेर अन्य मोडलहरु पनि नेपाली बजारमा ल्याइनेछ । यसको शोरुम नक्साल नारायणचौरमा निर्माण भइरहेको छ । 


Back_to_top