युरोपेली कार उत्पादकले इलेक्ट्रीक कार उत्पादन गर्दा सकभर २ जनामात्र बस्न मिल्ने कार उत्पादनलाई बिशेष ग्राह्यता दिदै आएका छन् । यस्तै एउटा सानो कार ‘स्मार्ट फर टु’ उत्पादन गरिएको छ । सो कारको मूल्य १५ हजार डलरदेखि सुरु हुने छ भने ३० हजार डलरसम्म पर्ने छ ।
कारमा १७.६ किलोवाटको ब्याट्री प्रयोग गरिएको यो कारको मोटरले ८० एचपीको पावर दिन्छ । एक पटकको फुल चार्जमा करिब ९३ किलोमिटर यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।
कारको टप स्पिड भने १३० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा जडान भएको डिजिटल डिस्प्लेको सहयोगले ब्याट्रीको अबस्थालाई देखाउँछ । यो कार सुरक्षाको दृष्टीकोणले निकै सुरक्षीत रहेको कम्पनीको दाबी रहेको छ ।

