प्रिमियम फिचर थप भएर आउँदै ‘नयाँ जेनेरेशन ब्रेजा’, सनरुफ पनि हुने

सांकेतिक तस्विर

काठमाडौं । मारुती सुजुकीको सफल र पहिलो सब फोर मिटर एसयूभी ब्रेजाको नयाँ जेनरेशन मोडल अहिले परिक्षाणको क्रममा रहेको छ । सन् २०२२ को सुरुवातसँगै ब्रेजाको नयाँ जेनेरेशन मोडल बजारमा आउने अपेक्षा गरिएको छ ।

ब्रेजा परिक्षणको क्रममा देखिएदेखि नै यसमा दिइएका फिचरको विषयमा विभिन्न अनुमान सुरु भएको छ । सुरुदेखि नै यात्रुको सुरक्षा र आरामदायीतालाई प्राथमिकता दिएर बजारमा आएको ब्रेजाको नयाँ जेनेरेशन मोडलमा भने इन्टेरियर क्वालिटी र प्रिमियम फिचर लोड हुनेछ ।

कम्पनीले यसलाई सेग्मेन्टकै लिडर एसयूभी बनाउन यसको सुरक्षा फिचर, ड्राइभिङ एक्सपेरियन्स र आरामदायी यात्रामा जोड दिदैछ । नयाँ जेनेरेशन ब्रेजामा ‘अल न्यू इन्टेरियर’ ग्राहकले पाउने छन् । जहाँ ड्यासबोर्डको क्वालिटी, नयाँ सेन्टर कन्सोल, नयाँ फ्लोटीङ इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ इन्ट्रुमेन्ट क्लष्टर, कनेक्ट टेक फिचर, फ्ल्याट बटम स्टेरिङ ह्वील जस्ता फिचर पाउने छन् ।

मारुती सुजुकीले पहिलो पटक टप भेरियन्टमा सनरुफ पनि दिने भएको छ । प्याडल सिफ्टर, वायरलेस चार्जिङ, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो जस्ता फिचरले ब्रेजालाई सेग्मेन्ट लिडर फिचर भएको एसयूभी बनाउने छ ।

थुप्रै टेक्नोलोजी फिचरको प्रयोग गर्न सकिने नयाँ जेनेरेशन ब्रेजा रिमोर्ट स्टार्ट, भ्यान्टीलेटेड सिट जस्ता विशेषताले भरिपूर्ण हुने बताइएको छ । नयाँ जेनेरेशन ब्रेजा अहिलेको तुलनामा महंगो हुने निश्चित प्रायः छ । तर, कति महंगो भन्ने थाहापाउन केही समय कुर्नु पर्ने हुन्छ ।

यसको बाहिरी डिजाइनमा पनि परिमार्जन देख्न सकिन्छ । नयाँ हेडल्याम्प, डेटाइम रनिङ लाइट, नयाँ टेलल्याम्प, परिमार्जन गरिएको फ्रन्ट ग्रिल, नयाँ फगल्याम्प जस्ता परिवर्तनले ब्रेजालाई थप बल्की बनाउने छ ।

अहिले नेपालमा सर्वाधिक विक्री हुने मारुती सुजुकी ब्रेजाको नयाँ जेनेरेशन मोडल भारतमा सार्वजनिक भएको केही समयपछि नेपाली बजारमा आउने छ ।


Back_to_top