सुजुकीले जिक्सर १५५ लाई दियो नयाँ अवतार, पुरानोभन्दा कति फरक

सुजुकी मोटरसाइकल इन्डियाले हालै मात्र जिक्सर १५५ को एसएफ भर्सन सार्वजनिक गरेको थियो । सुजुकीले पुनः जिक्सर १५५ को नयाँ भर्सन ल्याउने तयारी थालेको छ । यो अहिले बजारमा बिक्री वितरण भइरहेको जिक्सर भन्दा निकै फरक रहेको छ ।  

केही दिनअघि भारतीय सडकमा नयाँ जिक्सर १५५ टेष्टिङको क्रममा देखिएको तस्विर सहित भारतीय मिडियाले समाचार प्रकाशन गरेका थिए । भारतीय बजारमा सुजुकीको जिक्सर १५५ सबैभन्दा धेरै बिक्री हुने मध्यको एक बाइक हो । 

सुजुकीले अघिल्लो महिना भारतीय बजारमा सार्वजनिक गरेको जिक्सर २५० एसएफको नेकेड भर्सनसमेत सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ जिक्सर १५५ लाई यसको सिब्लिङस्को रुपमा लिइएको छ ।

स्पाई तस्विरमा देखिए अनुसार नयाँ बाइकमा ग्राफिक तथा बिभिन्न फिचर परिवर्तन गरिएको छ । यसमा पुर्ण नयाँ एलइडी हेडलाइट, परिर्वतित फ्यूल ट्याङक तथा ग्राफिकमा ठूलो परिर्वतन गरिएको अनुमान लगाउन सकिन्छ । 

यसमा जिक्सर १५५ एसएफमा प्रयोग भएको डिजिटल कन्सोल प्रयोग गरिएको छ भने फुल एलइडी हेडल्याम्प, नयाँ एक्जष्ट सेटअप, एलइडी इन्डिकेटर जस्ता फिचर दिइएको छ । 

यसको इन्जिनमा भने कुनै परिर्वतन गरेको छैन । १५५ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड एफआई इन्जिनमा आउने बाइकले १३.९ बीएचपी तथा १४ एनएम टर्क जेनेरेट गर्छ । 


Back_to_top