किया सेल्टोस ७ भेरियन्टमा, कुन भेरियन्टमा कस्तो विशेषता

भारतमा बनेको कियाको पहिलो एसयूभी सेल्टोस केही दिन अगाडि सार्वजनिक भएको थियो । कियाले २०१८ को अटो एक्स्पोमा एसपी कन्सेप्टको रुपमा शोकेस गरेको यो कार विभिन्न सात भेरियन्टमा सार्वजनिक भएको छ । अबको केही समयपछि भारतमा बनेको यो एसयूभी नेपाली बजारमा भित्रने अनुमान गरिएको छ । 

नेपाली बजारमा अहिले किया मोटर्सका उत्पादन सिधै कोरियाबाट ल्याएर बिक्री हुँदै आएकोमा अब भारतीय उत्पादन समेत आउने कियाको आधिकारीक वितरक कन्टिनेन्टल्स ट्रेडिङले जनाएको छ ।

कुन भेरियन्टमा कस्तो विशेषता ?

किया सेल्टोस एचटीइ 

यसमा १.५ लिटर डिजेल इन्जिन दिइएको छ भने ६ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ । एबीएस, इबीडी, डबल फ्रन्ट एयर ब्याग, सार्क फिन एन्टेना, फ्रन्ट र रियर फक्स स्किड प्लेट, फोर स्पीड साउन्ड सिस्टम, स्टेयरिंग माउन्टेड कन्ट्रोल, रियर एसी भेन्ट, फलो मि होम हेडल्याम्पको विशेषता दिइएको छ । 

किया सेल्टोस एचटीइ प्लस

यसमा १.५ लिटर डिजेल इन्जिन दिइएको छ भने, इन्जिनमा ६ स्पीड म्यानुअल ट्रान्समिसन लगाइएको छ । यो भेरियन्टमा प्रोजेक्टर हेडल्याम्पसँगै एलइडी डीआरएलस, एलइडी मुड लाइटीनिङ्गसँगै साउन्ड इफेक्ट, क्रुज कन्ट्रोल, स्मार्ट किसँगै पुश स्टार्ट बटन, पावर फोल्डिङ, रियर सनसेड, अन टच अप र डाउन ड्राइभर विन्डोको विशेषता दिइएको छ । 

किया सेल्टोस एचटीएक्स

यसमा १.५ लिटर डिजेल इन्जिन लगाइएको छ भने ६ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ । यो भेरियन्टमा एलइडी हेडल्याम्पसँगै डिआरएलएस, एलइडी लाइट बार, एलइडी  फग ल्याम्प, एलइडी टेलल्याम्प, १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १७ इन्च आलोय ह्वील लगाइएको छ । साथै, लेदर र्याप स्टेयरिंग ह्वील, रियर रिक्लाइनिंग सिट, ७.० इन्च मल्टी इन्फो डिस्प्ले, यूभीओ कन्टेक्टिभिटी फिचर, वायरलेस चार्जिङ, यूएसबी पोर्ट, एयर प्युरिफायर, टायर प्रेशर मनिटरिंग सिस्टमको विशेषता समेटिएको छ । 

किया सेल्टोस एचटीएक्स प्लस

१.५ लिटर डिजेल इन्जिन र ६ स्पीड म्यानुअल ट्रान्समिसनसँगै, ड्राइभरका लागि ८ वे पावर एडजस्ट  सिट, ७.० इन्च मल्टी इन्फो डिस्प्ले, ८ स्पिकर बोस स्टेरियो साउन्ड सिस्टम, ३६० डिग्री रिभर्स क्यामरा, ड्राइभर रियर भ्यू मनिटर, भेन्टीलेटेड सिट, वायरलेस चार्जिङ, पावर सनरुफ, रेन सेन्सिङ वाइपर, ६ वटा एयरब्याग जस्ता फिचर रहेको छ । मल्टिपल ड्राइभ मुड, भेइकल  स्टेबिलिटी म्यानेजमेन्ट, हिल स्टार्ट असिस्ट, .अटोमेटिम इएससी, अटोमेटिक फ्रन्ट पार्किङ मनिटर यसमा दिइएका मुख्य विशेषता हुन् । 

किया सेल्टोस जिटीके

यसमा १.५ लिटर पेट्रोल  र १.४ लिटर जीडीआइ पेट्रोल इन्जिन दिइएको छ । दुबै इन्जिनमा ६ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ । एबीएस, इबीडी, डबल फ्रन्ट एयरब्याग, एलइडी हेडल्याम्प, एलइडी लाइट बार, एलइडी फग ल्याम्प, १७ इन्च आलोय ह्वील, एलइडी टेल ल्याम्प रहेको छ । 

यसका साथै, एलइडी मुड लाइटेनिंगसँगै साउन्ड इफेक्ट, स्टेयरिंग माउन्टेड, अटोमेटिक ब्लुटुथ स्टेरियो, स्मार्ट कि सँगै अटोमेटिक पुश बटन, अटोमेटिक रिक्लाइङ रियर सिट, अटोमेटिक रियर एसीभेन्ट लगायतका विशेषता दिइएको छ । 

किया सेल्टोस जीटीएक्स

यसमा १.५ लिटर इन्जिनसँगै ६ एएमटी र सीभीटी गियरबक्स दिइएको छ भने, १.४ लिटर  टर्बाे पेट्रोल इन्जिन दिइएको छ । १७ इन्च को अलोय ह्वील उपलब्ध यस भेरियन्टमा ८.० इन्च हेड अप डिस्प्ले, ७.० इन्च मल्टी इन्फो डिस्प्ले, १०.२५ इन्च एचडी इन्फाेटेनमेन्ट स्क्रृन, यूभीओ कनेक्टिभिटी फिचर, मल्टिपल ड्राइभ मोड, क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जिङको विशेषता दिइएको छ । रेन सेन्सिङ वाइपर, एयर प्युरिफायर, ६ वटा एयरब्याग, टायर प्रेशर मनिटरिंग दिइएको छ । 

कियो सेल्टोस जीटीएक्स प्लस

जीटीएक्स प्लस भने १.४ लिटर टर्बाे पेट्रोल इन्जिनको प्रयोग गरिएको छ । बोस ८ स्पिकर साउन्ड सिस्टम, ८ वे पावर ड्राइभर सिट, पावर सनरुफ, ३६० डिग्री क्यामरा, भेन्टिलेटेड सिट, फ्रन्ट पार्किङ सेन्सर, १७ इन्च अलोय ह्वील जस्ता विशेषता यसमा दिइएको छ । 


Back_to_top