२० दिनपछि सार्वजनिक हुँदै ‘नयाँ ग्रान्ड आई १०’, यस्ता छन् परिवर्तन

हुन्डाईले आगामी अगस्ट २० मा ग्रान्ड आई १० को नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ । नेपाली बजारमा समेत निकै राम्रो संख्यामा बिक्री हुँदै आएको ग्रान्ड आई १०को नयाँ संस्करण पुरानो भन्दा निकै भिन्न रहेको छ । 

नयाँ इन्जिन, डिजाइन र स्वरुपमा आउने ह्याचव्याक कार भारतीय सडकमा परिक्षण भइरहेको छ । नयाँ कारका बारे केही तथ्यहरु यस्ता रहेका छन् । 

एक्सटेरियर

ग्रान्ड आई १० को एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिइएको छ । यसमा रिडिजाइन इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प जडान गरिएको छ । 

स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिलले कारलाई थप आकर्षक बनाएको छ । यसमा मेसिन कट अलोय ह्वील दिइएको छ भने सार्पर हेडलाइट र न्यु टेलाइटको विशेषता दिइएको छ ।

इन्टेरियर

यसको इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, स्टेयरिंग ह्वीललाई नयाँ स्वरुप दिइएको छ । इन्फोटेनमेन्ट सिस्टममा एप्पल कार प्ले र एन्ड्रोइड अटोको विशेषता  प्रदान गरिएको छ । 

भेन्यूमा दिइएको कनेक्टेड कार टेक्नोलोजी यसमा पनि रहने छ । नयाँ कारमा ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइने अनुमान गरिएको छ । 

इन्जिन 

ग्रान्ड आई १० को नयाँ संस्करणमा उपलब्ध १.२ लिटर कप्पा इन्जिनले ८३ बीएचपी पावर उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन दिइने छ । भारतीय प्रदुषण मापदन्ड बीएस–६ अनुसारको इन्जिनमा आउने नयाँ ग्रान्ड आई १० डिजेल इन्जिनमा पनि उपलब्ध रहने छ । 


Back_to_top