हुन्डाईको भोलिबाट एक्स्चेन्ज मेला, नगद छुटदेखि ४ वर्ष निःशुल्क सर्भिस

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भोलि साउन १६ गते विहिबारदेखि ‘हुन्डाई एक्स्चेन्ज’ मेला गर्ने भएको छ । 

उक्त योजना अन्तर्गत गाडी एक्स्चेन्ज गर्ने ग्राहकले विशेष अफर प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार विहिबार विहान १० बजेदेखि साँझ ६ बजेसम्म मेला संचालन हुने छ । उक्त एक्स्चेन्ज क्याम्प आगामी २३ गतेसम्म संचालन हुनेछ । 

कार्यक्रममा स्पोर्ट एक्स्चेन्ज र भ्यालुयसन, सजिलै फाइनान्स सुविधा, आकर्षक नगद छुट, १५ हजार रुपैयाँ बराबरको लोयल्टी बोनस, बीमा सुविधा, १ लाख ५० हजारसम्मको एक्स्चेन्ज बोनसको साथै ४ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टि प्रदान गर्ने जनाएको छ ।  

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रवन्धक रुपेश शर्मा भट्टका अनुसार ‘ग्राहकहरुलाई सधै उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मी हुन्डाई तल्लीन रहेको छ । यो देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्स्चेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’


Back_to_top