अल न्यू हुन्डाई आई २० सार्वजनिक गर्ने मिति तय, यस्ता छन् विशेषता

हुन्डाई मोटर्स इन्डियाले आफ्नो चर्चित क्रसओभर आई २० एक्टीभको नयाँ जेनेरेसन मोडल आगामी जुन महिनामा सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले भारतीय बजारमा नयाँ जेनेरेशन एक्टीभ आई २० को विभिन्न समयमा परिक्षण गरिरहेको तस्विर बाहिर आइरहेको छ । आन्द्र प्रदेशको नम्बर प्लेटमा परिक्षण चलिरहेको आई २० एक्टीभ कियाको प्लान्टमा हुन्डाईले उत्पादन गर्न सुरु गरेको पहिलो कार भएको अनुमान गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार कम्पनीले नयाँ जेनेरेशन आई २० एक्टीभ अटो एक्स्पो २०२० मा सार्वजनिक गर्ने छ । उक्त कारमा कम्पनीले तीन इन्जिन अप्सन दिने छ । जसमा हुन्डाई भेन्यूमा रहेको १.० लिटर टार्बो पेट्रोल इन्जिन दिइएको अनुमान गरिएको छ । जसले १२० पीएस पावर र १७२ एनएम टर्क जेनेरेट गर्छ । साथै, यसमा ६ स्पीड म्यानुयल र ७ स्पीड डिटीसी गिएरबक्स दिएको छ ।

कम्पनीले नयाँ जेनेरेशन आई २० एक्टीभमा १.५ लिटर डिजेल इन्जिन (जुन किया सेल्टोसमा उपलब्ध रहेको छ) दिएको छ । जसले ११५ पीएस पावर र २५० एनएम टर्क जेनेरेट गर्छ ।

यसको साथै रेगुलर मोडलमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनमा समेत यसलाई बजारमा उतार्ने तयारी गरिरहेको छ । जसले ८३ पीएस पावर र ११५ एनएम टर्क प्रदान गर्छ ।

यसमा कम्पनीले डियुल टोन अलोय ह्वील, ठूलो हेग्जागोनल ग्रिल, नयाँ हेडल्याम्प, फग ल्याम्प र टेललाईट प्रदान गर्ने छ ।

पहिलो पटक सनरुफका साथ ल्याउने तयारी भइरहेको उक्त कारको ड्यास बोर्ड पहिला भन्दा निकै प्रिमियम हुने जनाइएको छ । भेन्यूमा उपलब्ध व्ल्यूलिङक कनेक्टीभीटीका साथ आउने कारका केही फिचर भ्वाइस कमाण्डबाट संचालन गर्न सकिने जनाइएको छ ।


Back_to_top