मारुती सुजुकीको नयाँ मोडल सेप्टेम्बर ३० मा सार्वजनिक हुँदै

मारुती सुजुकीले भारतीय बजारमा कन्सेप्ट फ्युचर एसमा आधारित एस प्रेसो माइक्रो एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आगामी महिना सेप्टेम्बर ३० तारिखमा आफ्नो ब्रान्ड न्यू मोडल एस प्रेसो बजारमा ल्याउने भएको हो । 

कम्पनीको यो नयाँ मोडल बीएस ६ मापदन्ड अनुसारको १.० लिटर पेट्रोल इन्जिनमा आउने छ ।  

सन् २०१८ को अटो  एक्स्पोमा प्रदर्शन गरिएको यो मोडलको प्रटोटाईमा हाइ ग्राउन्ड क्लियरेन्स, अपराइट फ्रन्ट फेसिका, सर्ट बोनेट स्ट्रक्चर, टल पिलर, स्पेसियस इन्टीरियर, र्यापराउन्ड हेडल्याम्पसँगै एलइडी डिआरएलएस, रेक्ट्याङ्गुलर टेल ल्याम्प, लगायतका विशेषता दिइएको छ । 

यसमा राउन्ड सेप डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र आकर्षक इन्फोटेनमेन्ट सिस्टम दिइएको अनुमान गरिएको छ । यसको इन्जिनमा पाँच स्पीड म्यानुअल र पाँच स्पीड एएमटी गिएरबक्स दिइएको छ । एस प्रेसो लाइटवेट हर्टटेक प्लाटफर्ममा निर्माण भएको कम्पनीले जनाएको छ ।

पछिल्ला दिनमा बजारमा निकै उताचढाव आइरहेकाले कम्पनीले नयाँ नयाँ मोडल बजारमा उतारि रहेको छ । 

विगत लामो समयदेखि नेपाली बजारमा बिक्री वितरण भइरहेको मारुती सुजुकीको बिभिन्न मोडलले नेपाली बजारमा अत्यन्त राम्रो व्यापार गरिरहेको छ । यो नयाँ एस प्रेसोपनि चाँडै नेपाल आउने अपेक्षा गर्न सकिन्छ ।


Back_to_top