मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरोले भोलि सोमबार अर्थात् मे १३ मा अल न्यू हिरो प्लेजर स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले एक साता अघि एक्सपल्स २००, एक्सपल्स २०० टी र एक्सट्रीम २०० एस सार्वजनिक गरेको थियो । पछिल्लो समय कम्पनीले नयाँ मोटरसाइकल तथा स्कुटरको निर्माणमा लागि परेको छ ।
नयाँ प्लेजरको अगाडिमा एप्रोन लगाइएको छ । यसमा रेट्रो स्टाइल अपराइट हेडल्याम्प दिइएको छ भने, स्लिकर साइड प्यानल र ब्रुस सिल्भर प्लास्टिक इन्सर्ट लगाइएको छ । यसले स्कुटरलाई प्रिमियम लुक प्रदान गरेको छ । रियरमा रिजाइन टेल ल्याम्प दिइएको छ भने, हेडलाइट, अप्सनल अलोय ह्वील, अन्डर सिट स्टोरेज लाइट, युएसबी चार्जिङ पोर्ट लगाइएको छ ।
यसमा, बीएस–४ १०२ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन लगाइएको छ जसले ७ हजार आरपीएममा ७ पीएस पावरका साथै ५ हजार आरपीएममा ८.१ एनएम टर्क उत्पादन गर्छ । यसलाई बीएस–६ मापदन्ड अनुसार ल्याउन लागिएको अनुमान गरिएको छ । साथै, इन्टीगे्रेटेड र कम्बि ब्रेकिंग सिस्टमको प्रयोग गरिएको छ ।
स्टील ह्वीलयुक्त प्लेजरको मूल्य ४५ हजार भारु र अलोय ह्वील युक्त प्लेजरको मूल्य ४७ हजार १ सय भारु पर्ने कम्पनीले जनाएको छ ।

