अझ पावरफुल इन्जिनमा आउँदै ‘अल न्यू स्कार्पियो’

पछिल्लो छ महिना निकै व्यस्त रहेको महिन्द्रा एन्ड महिन्द्रा ग्रुपले यसबीचमा मराजो, अल्टुरस र एक्सयूभी ३०० जस्ता अल न्यू मोडल सार्वजनिक गरेको छ । 

अब कम्पनीले आफ्नो ध्यान भारतीय सरकारले ल्याएको नयाँ सुरक्षा र प्रदुषण मापदन्ड अनुसार आफ्ना उत्पादनलाई अगाडि बढाउने रहेको जनाएको छ ।

कम्पनीले नयाँ प्रदुषण मापदन्ड अनुसार आफ्ना उत्पादन परिमार्जन गर्न नयाँ २.० लिटर डिजेल इन्जिन बनाउने भएको छ । जसलाई कम्पनीले नयाँ महिन्द्रा स्कार्पियोमा लगाउने तयारी गरेको छ ।

नयाँ इन्जिन पुरानो २.२ लिटर एमहक इन्जिनको तुलनामा ८० केजी हलुका हुनेछ, भने १६० पीएस पावर उत्पादन गर्ने अनुमान गरिएको छ । अल न्यू स्कार्पियो पुरानोको तुलनमा बढी पावरफुल र टर्क प्रदान गर्ने हुनेछ । यसअघिको इन्जिनले ३२० एनएम टर्क जेनेरेट गथ्र्यो ।

नर्थ अमेरिकी टेक्नीकल सेन्टरको डिजाइनमा बनेको मराजोपछिको अल न्यू स्कार्पियो आर्कषक हुने अनुमान गरिएको छ । यसलाई कम्पनीले २०२० को सुरुवातबाटै बजारमा ल्याउने छ । बडी अन फ्रेम एसयूभी स्कार्पियो निकै चर्चित एसयूभीमा पर्दै आएको  छ । नेपाली बजारमा समेत स्कार्पियो अत्याधिक रुचाइएको एसयूभी हो ।  


Back_to_top