यस्तो छ अल न्यू निसान सन्नी

काठमाडौं । निसानले दुबईमा आयोजना भइरहेको मोटर शोमा सन्नीको परिमार्जित संस्करण प्रदर्शन गरेकाे छ । कम्पनीले भी प्लाटफर्ममा अपडेट गरेको सन्नीलाई २०२१ सम्ममा सबै अन्तर्राष्ट्रिय बजारमा ल्याउने योजना बनाएको जनाएको छ ।

कम्पनीले निशान किक्स सोही प्लाटफर्ममा निर्माण गरेको हो । अब आउने सन्नीपनि सोही प्ल्याटफर्ममा उत्पादन गरेको हो । 

कम्पनीले यसको एक्सटेरियर तथा इन्टेरियरलाई रेगुलर मोडलको तुलनामा निक्कै परिमार्जन गरेको छ । सार्पर डिजाइनमा निर्माण भएको नयाँ सन्नीमा सिग्नेचर भी मोशन फ्रन्ट ग्रिल, रिडिजाइन हेडल्याम्प, अलोय ह्वील एलइडी टेल ल्याम्पको विशेषता दिएको छ । 

यसको प्रmन्टमा एलइडी डे टाइम रनिंङ लाइटको साथै इन्टेरियरमा ठूलो साइजको टचस्क्रिन इन्पmोटेनमेन्ट सिस्टम, एप्पल कार प्ले, एन्ड्रोइड अटो कनेक्टीभिटीका साथै, नयाँ स्टेयरिङ ह्वील, प्रिमियम लेदर सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायतका विशेषता दिइएको छ ।

यसमा १.६ लिटर पेट्रोल इन्जिन लगाइएको छ । १२४ हर्ष पावर उत्पादन गर्ने यो इन्जिनमा पाँच स्पीड म्यानुअल र सिभीटी गियरबक्स लगाइएको छ । 


Back_to_top