टीभीएस अपाचे रेस ट्रयाकको लागि छनौट रेस एकान्तकुनमा हुँदै

काठमाडौ । नेपालको लागि टीभीएस  कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस बाइक राइडरहरुलाई लक्षित गरेर अघि सारेको नयाँ योजना टीभीएस  अपाचे रेस ट्रयाक एक्सपेरियन्सको प्रारम्भिक चरणको छनौट प्रतियोगीता आज आयोजना हुने भएको छ । यस छनौट चरण पार गर्न सफल भएका २५ जना टीभीएस  अपाचे राइडरहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक दौडाउनुको अनुभव संगाल्न पाउनेछन् ।

टीभीएसले गत वर्ष पनि यस्तै रेस ट्रयाक योजना संचालन गरिसकेको र त्यसबाट प्राप्त प्रतिक्रियाबाट उत्साहित भएर यो वर्ष पनि त्यस्तै योजना संचालन गरेको जानकारी दिन हुँदै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘हामी हाम्रो टीभीएस  राइडरहरुलाई  बाइकको नयाँ डिजाइनसँगै नयाँ नयाँ रोमाञ्चक अनुभूति प्रदान गर्न पनि दत्तचित्त हुने गर्दछौं र त्यसैको एक उदाहरण यो मद्रास रेस ट्रयाक पनि हो । रेस ट्रयाकमा बाइक कुदाउने र त्यसबाट अन्तर्राष्ट्रिय अनुभव संगाल्ने नेपाली बाइक राइडरहरुको सपना रहने गरेको छ र हामी त्यही सपना पूरा गराउने कोशिस गरिरहेका छौं ।’

टीभीएस अपाचेका राइडरहरुलाई रेस ट्रयाकमा सम्मिलित गराउने लक्ष्यका साथ टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्स योजना मिति   अषाढ  देखि  कार्तिक सम्म संचालन  गरिएको यस योजना अन्तर्गत सहभागी हुन चाहनेले टीभीएस  अपाचे आरआर ३१० र अपाचे २०० को टेस्ट राइड प्रक्रियामा सामेल हुनु पर्ने शर्त राखिएको थियो, जसमा टेस्ट राइड गर्नेहरुको संख्या अत्याधिक रहेको थियो । जसमध्ये यस छनौट चरणको लागि गोला प्रथाद्वारा ५० जनाको नाम चयन गरिएको छ र छनौट चरणबाट प्रारम्भमा ३० जनाको नाम चयन गरी अन्तिम चरणको अन्तर्वार्ताबाट अन्तिम सहभागीहरु २५ जनाको नाम घोषणा गरिनेछ ।

छनौट चरणमा सहभागी हुने बाइक राइडरहरुको चयन उनीहरुको बाइक हाँक्ने खुबी, शारीरिक सक्षमता,अनुशासन आदिका आधारमा गरिनेछ । यसरी छनौट चरण पार गरेर अन्तिम चरणमा प्रवेश गरेका टीभीएस अपाचे बाइक राइडरहरुले मद्रास मोटर रेस ट्रयाकमा टीभीएस  अपाचे बाइक कुदाएर आफ्नो जीवनको एक सुनौलो सपना साकार बनाउन सक्नेछन् ।

छनौट चरणको रेस एकान्तकुना जावलाखेलमा अवस्थित सुजुकी ड्राइभिङ्ग स्कूलको मैदानमा विहान १० बजेदेखि संचालन हुँदैछ । 


Back_to_top