काठमाडौं । टीभीएसको निकै लोकप्रिय मानिएको एनटर्क स्कुटर अब १५० सीसी क्षमताको इन्जिनमा आउने भएको छ ।
कम्पनीले स्पोर्टी प्रिमियम स्कुटर सेग्मेन्टका रूपमा टीभीएस एनटर्क १५० लाई भारतीय बजारमा उतार्ने तयारी गरिरहेको हो ।
टीभीएसको एनटर्क १२५ सिरिज नेपाली बजारसँगै भारतीय बजारमा पनि गेम चेन्जर स्कुटरको रूपमा सावित भएको स्कुटर हो । कम्पनीले सोही स्पोर्टी डिजाइनलाई अगाडि बढाउँदै १५० सीसी क्षमतामा नयाँ प्रिमियम एनटर्क ल्याउने भएको हो ।
बजारमा प्रिमियम सेग्मेन्टमा आउने भएकाले नयाँ १५० एनटर्कमा स्पोर्टी स्टाइलसँगै एड्भान्स फिचरहरू र नयाँ इन्जिन सेटअपमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
एनटर्क १२५ को जस्तै स्पोर्टी प्रोफाइल, नयाँ ग्राफिक्स डिजाइन, भाइब्रेन्ट कलर, प्रिमियम सुविधाहरू र आकर्षक पावर आउटपुट गर्ने इन्जिन यस स्कुटरमा पाइने अपेक्षा राख्न सकिन्छ ।
साथै, फुल एलईडी लाइट, एलईडी डीआरएल, फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, कनेक्टिभिटी सिस्टम, नेभिगेसन, कल आइडी, लोकेसन एसिस्ट सिस्टम, राइड स्टेट्स सेयर, ट्युबलेस टायर, अलोय ह्वील र सिंगल च्यानल एबीएस जस्ता फिचरहरू हुनेछन् ।
कम्पनीले एनटर्क १५० स्कुटरको बारेमा आधिकारिक रूपमा अन्य जानकारी नदिए पनि यसमा लिक्विड कुल्ड, नयाँ मापदण्ड अनुसारको बीएस ६ ओबीडी टु बी इन्जिन हुनेछ ।