भारतले सगरमाथा संवादका लागि दियो १५ वटा कर्भ ईभी

काठमाडौं । आगामी जेठ २-४ गते (मे १६-१८ तारिख)सम्म आयोजना हुने सगरमाथा संवादका लागि भारत सरकारले १५ वटा विद्युतीय सवारी साधन (ईभी) उपलब्ध गराएको छ ।

आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रम बीच भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई ती गाडी हस्तान्तरण गरेका हुन्।

भारतले नेपाललाई दिएको गाडी टाटा मोटर्सले उत्पादन गरेको कर्भ ईभी हो । कर्भ ईभी टाटाको सबैभन्दा पछिल्लो मोडल हो ।नेपाली बजारमा कर्भ ईभीको मूल्य ५७ लाख रुपैयाँ रहेको छ।

मन्त्री डा. राणाले सगरमाथा संवादका लागि उपलब्ध गराएको सो सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिइन् ।

राजदूत श्रीवास्तवले सगरमाथा संवादका लागि नेपाललाई सवारीसाधन उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे। उनले भारत सरकारले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा पुर्याउँदै आएको सहयोगको चर्चा समेत गरेका थिए ।

कस्तो छ कर्भ ईभी ?

कर्भ ईभी टाटा मोटर्सको पहिलो कुप्पे डिजाइन एसयूभी हो । कर्भ ईभीमा ९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । कर्भमा ४५ र ५५ किलोवाट आवरको ब्याट्री प्याक छ।

हाल नेपाली बजारमा भने ५५ किलोवाट आवरको ब्याट्रीप्याक भएको कर्भ ईभी उपलब्ध छ । यसले सिंगल चार्जमा ४०० किलोमिटर हाराहारी रेन्ज दिन्छ । एमआईडीसी टेस्टले भने ५०२ किलोमिटर रेन्ज देखाएको छ ।हाल उपलब्ध कर्भ ईभीमा भने

कम्पनीले कर्भ ईभीमा १८ इन्चको अलोय ह्वील, १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिएको छ । यसलाई ४५० एमएम गहिरो पानी जमेको स्थानमा पनि सहजै गुडाउन सकिन्छ ।

अत्याधुनिक फिचरहरूले सुसज्जित कर्भ ईभीको इन्टेरियर ह्वाइट र ग्रे गरी दुई कलरमा बनाइएको छ । ड्यासबोर्डमा नेक्सन ईभीको जस्तै १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्कृन, टचबेस क्लाइमेट कन्ट्रोल, ट्रापेजोडियल एसी भेन्ट, फोर स्पोक स्टेरिङ ह्वील, न्याभिगेन सहितको १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।

त्यसैगरी, रोटरी ड्राइभ सेलेक्टर, वायरलेस चार्जिङ प्याड, पानारोमिक शनरुफ, भेन्टीलेटेड सिट, जेबीएल साउण्ड सिस्टम, ५०० लिटरको बुट स्पेश कर्भ ईभीमा पाउन सकिन्छ ।

भारत एनक्याप क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल कर्भ ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, इएसपी, ड्राइभ डाउजीनेस अलर्ट, ब्लाइन्ड स्पट मनिटर, लेबल २ एडास फिचर दिइएको छ ।

नेपालमा सिप्रदी ट्रेडिङले टाटा मोटर्सका गाडीहरू बिक्री गर्दै आएको छ ।


Back_to_top