टोयोटाले ल्यायो ’किङ्ग अफ एमपीभी’ अल्फर्ड फेसलिफ्ट

टोयोटाले आफ्नो लग्जरी एमपीभी अल्फर्डको फेसलिफ्ट भर्सन हालै सम्पन्न भएको इन्डोनेसिया मोटर शो (जीआईआईएएस) २०१८ मा सार्वजनिक गरेको थियो । 

विशेषत सुरक्षाको दृष्टीकोणले अत्यन्त अब्बल रहेको अल्फर्ड फेसलिफ्ट नयाँ प्रि–कोलिसन सिस्टम (पीसीएस), लेन ट्राकिङ एसीस्ट (एलसीए), लेन डिपार्चर अलर्ट (एलडीए) तथा एड्भान्स कार स्टार्ट नोटिफिकेसन फङ्सनजस्ता विशेषता राखिएको छ ।

यस कारमा २ जीआर-एफकेएस ३.५ लिटर भी–६ हाइव्रिड इञ्जिन दिइएको छ । यसमा लगाइएको इञ्जिनले ३०१ पीएस तथा ३६१ एनएम टर्क उत्पादन गर्छ । त्यस्तै, यो कारमा ८ स्पीड अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ । 

अल्फर्डको अल्ट्रा प्रिमियम एमपीभीमा ठूलो इन्टेरियर छ । यस कारमा एमपीभीका लागि ठूलो कार्गो स्पेश दिइएको छ भने, तेस्रो लाइनको सिट फोल्डिङ गर्ने सुविधा भने हटाइएको छ ।  

यस कारमा हाई ग्राउन्ड क्लियरेन्स तथा अटोमेटिक सेन्टर डोर सिस्टम रहेको छ, जसले सहजै खोल्न तथा एउटा स्वीच थिचेर सहजै बन्द गर्न सकिन्छ । कारको क्याविनमा प्रिमियम क्वालिटीका सामानहरू राखिनुकासाथै टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम पनि राखिएको छ । 

त्यस्तै, यस कारमा पानारोमिक सनरुफ, लेदर सिट तथा अन्य विशेषताहरू राखिएको छ । 

अल्फर्ड एमपीभीमा एड्भान्स एसिस्टेन्ट तथा इन् कार कनेक्टिभीटी सुविधाजस्ता विशेषताहरूका साथमा यो कार विश्वव्यापीरुपमा बजारमा आउनेछ । यस कारले विशेषगरी फेमिली–रन भेहिकलको रुपमा लामो यात्रा गर्ने अनुमान गरिएको छ । 

टोयोटाको अल्फर्ड कारलाई विशेष ग्राहकहरूले लाइफस्टाईल भेहिकलको रुपमा प्रयोग गरिरहेका छन् ।


Back_to_top