नेपाल आयो पल्सर–१५० ट्वीन डिस्क, यस्तो छ परिर्वतन (मूल्यसहित)

काठमाडौं । बजाज पल्सर–१५० ट्वीन डिस्क नेपाली बजारमा आएको छ । बजाजका लागि नेपालको आधिकारीक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले उक्त नयाँ पल्सरलाई नेपाली बजारमा ल्याएको हो । 

कम्पनीले भोलि आइतबार यसलाई आधिकारीकरुपमा सार्वजनिक गर्नलागेको छ । बजाज पल्सर–१५० ट्वीन डिस्कमा पुरानोको तुलनामा थुप्रै परिवर्तन गरिएको छ । 

कम्पनीकाअनुसार नयाँ बजाज पल्सर–१५० मा ड्यूल डिस्क ब्रेक दिइएको छ । बजाजले यस बाइकमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएको छ । 

एचएच बजाजकाअनुसार युवा पुस्ता लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । 

यस्ता छन् परिवर्तन

ट्वीन डिस्क सेटअप

बजाज पल्सर–१५० ट्वीन डिस्कमा दुवै ह्वीलमा डिस्क ब्रेक राखिएको छ, तर यसमा एबीएस अफर भने दिइएको छैन । 

स्टाइल 

पल्सर १५० ट्वीन डिस्कको स्टाइलमा केही अपडेटहरू गरिएको छ । जुन स्टाइल पल्सर–१८० बाट प्रभावित रहेको छ । बाइकमा स्प्लीट सिट राखिएको छ भने स्प्लीट ग्रेव रेल, आल्मुनियम फिनिस पूmटपेज राखिएको छ । 

यो पनि पढ्नुस्: विश्वका १० उत्कृष्ट इलेक्ट्रीक कार, तपाईको रोजाईमा कुन ?

बजाजको पल्सर १५० ट्वीन डिस्कलाई तीन कलर भेरिएन्टमा ल्याईएको छ । जसमा कालो निलो, कालो रातो तथा ब्ल्याक क्रोम हुन् । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ । 

नयाँ सस्पेन्सन 

पल्सर–१५० को अगाडिको सस्पेन्सन पल्सर–१८० बाट प्रभावित छ भने, यो ३७ एमएम टेलिस्कोप युनिटमा रहेको छ । यस बाइकमा स्वीङआर्म राखिएको छ, जुन पहिले पल्सर–१८० मा राखिएको थियो । 

यो पनि पढ्नुस्: आयो २०० किलोमिटरको रफ्तारमा कुद्ने इलेक्ट्रीक स्पोर्ट कार ‘के ५०’

स्वीङआर्म पहिलेकोभन्दा थोरै मोटो दिइएको छ भने यसले ह्वीलबेससमेत बढाएको छ । यसमा दिइएको पछाडिको टायर मोटो रहेको छ । स्ट्यान्डर्ड पल्सर–१५० को रियर टायर–१०० एमएम थियो भने नयाँ ट्वीन डिस्क पल्सरमा १२९ एमएमको रियर टायर दिइएको छ । बाइमा मस्कुलर लूक राखिएको छ । 

इञ्जिन

पल्सर–१५० ट्वीन डिस्कको इञ्जिनमा भने परिवर्तन गरेको छैन । यस बाइकमा १४९ सीसी सिंगल सिलिन्डर इञ्जिन दिइएको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएचपी पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ । 

कम्पनीकाअनुसार पल्सर–१५० ट्वीन डिस्कमा अप्टिमाईजेशनकासाथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । 

मूल्य

नेपाली बजारमा बजाज पल्सर–१५० ट्वीन डिस्कको मूल्य दुई लाख ५५ हजार ९०० रुपैयाँ तोकिएको छ । सिंगल डिस्क ब्रेक भ्यारिएन्ट भने दुई लाख ४७ हजार ९०० रुपैयाँमा बिक्री–वितरण भइरहेको छ । 

प्रतिस्पर्धा

बजाज पल्सर–१५० ट्वीन डिस्कले होन्डा सीबी युनिर्कन–१६० र टीभीएस अपाचे आरटीआर–१६० सँग प्रतिस्पर्धा गर्नेछ । 


Back_to_top