चिनियाँ स्टार्टअप कम्पनी क्वान्टो मोटर्सले इलेक्ट्रीक भेइकल उत्पादन सुरु गरेको छ । यो इलेक्ट्रीक भेइकल सामान्य कार नभएर एक पावरफुल इलेक्ट्रीक स्पोर्ट कार हो ।
उक्त स्पोर्ट कारको नाम के ५० राखिएको छ । उक्त कारलाई गत बिहिवार सार्वजनिक गरिएको थियो । यसको चिनियाँ बजारमा बिक्री मूल्य ६ लाख ८७ हजार यूवान अर्थात करिब १ लाख ५१९ डलर राखिएको छ ।
के ५० स्पोर्ट कारमा २ वटा मोटरको प्रयोग गरिएको छ । यो कारले ० देखि १०० किलोमिटरको यात्रातयगर्न ४.५ सेकेन्ड लगाउने छ । यसलाई २०० किलोमिटर प्रतिघन्टाको रफ्तारमा सहजै कुदाउन सकिने कम्पनीले जनाएको छ ।
२०१५ मा स्थापना भएको क्वान्टो मोटर्सले हरेक वर्ष ५० हजार यस्तो कार उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीका सीइओ लि क्वुनले जानकारी दिए ।
यो पनि पढ्नुस्: नेपाल आयो पल्सर–१५० ट्वीन डिस्क, यस्तो छ परिर्वतन (मूल्यसहित)
चाइनाले सन् २०१० देखि लिएको ग्रिन कार उत्पादन नीति अन्तर्गत रहेर इलेक्ट्रीक कार उत्पादनमा जोड दिदै आएको छ । चिनियाँ सरकारले सन् २०२० सम्ममा वार्षिक २० लाख कार उत्पादन गर्ने लक्ष्य लिएको छ ।

