मारुती सुजुकी अल्टोमा नयाँ फिचर थप

मारुती सुजुकीले आफ्नो चर्चित मोडल अल्टोमा नयाँ फिचर थप गरेको छ । थपिएको नयाँ फिचरमा इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । कम्पनीले अल्टोमा ७ इन्चको आधुनिक डिजाइनको स्मार्टप्ले २.० सिस्टम दिएको हो । 

यही सिस्टम कम्पनीले नयाँ वागेनआर, स्विफ्ट, बलेनो र डिजाएरमा दिएको छ । यो कम्पनीको इन्वीयूल्ड सिस्टम हो । कम्पनीले उत्पादन गर्दै आएको अल्टो ८०० मा बीएस ६ मापदण्डको इन्जिन प्रयोग भइरहेको छ । 

७९६ सीसी क्षमताको थ्रि सिलिण्डर इन्जिनमा कम्पनीले नाइट्रोजन अक्साइडको उत्पादनमा कमी ल्याउने गरि सफ्टवयर प्रदान गरेको जनाएको छ । 

कम्पनीको इन्ट्री लेभल यो कारले ६००० आरपीएममा ४७ बीएच पावर र ३५०० आरपीएममा ६९ एनएम टर्क प्रदान गर्छ । 

अल्टोको स्टायडर्ड भेरियन्टमा नै ड्राइभर साइड एयरव्याग, एबीएस, इबीडी, हाईस्पीड अलर्ट, रिर्भस सेन्सर र सिटबेल्ट रिमाइन्डर जस्ता फिचर उपलब्ध रहेको छ । 

नेपाली बजारमा नयाँ इन्जिनयुक्त अल्टोको बिक्री वितरण भइरहेको छ भने अबको केही समयपछि इन्फोटेन्टमेन्ट सिस्टम सहितको अल्टो नेपाल आउने अनुमान गर्न सकिन्छ । 


Back_to_top