एप्पलको नयाँ टेक्नोलोजी ‘प्यालटुन’, कार गुड्दा–गुड्दै चार्ज ट्रान्सफर गर्न सकिने

एप्पलले आफ्नै फिजिकल कारको निर्माण नगरे तापनि इलेक्ट्रीक सेल्फ ड्राईभिङ्ग कार टेक्नोलोजीमा नयाँ–नयाँ परिक्षण गरिरहेको छ । 

क्यालिफोर्नियामा रहेको टेक्नोलोजी सम्बन्धी जाइन्ट कम्पनी एप्पलले यूनाइटेड स्टेट प्याटेन्ट एण्ड ट्रेडमार्क अफिसमा गत मंगलबार नयाँ टेक्नोलोजी ‘प्यालटन’को पेटेन्ट दर्ता गरेको छ । 

‘प्यालटन’ एक प्लाटुन सिस्टम हो, जुन इलेक्ट्रीक सेल्फ ड्राइभिङ्ग भेहिकलको भविष्य हुने जनाइएको छ । यसको मुख्य आईडिया भनेको सेल्फ ड्राइभिङ्ग भेहिकलहरू एकै लहरमा एकदमै नजिक रहेर गुड्नेछन् । यसले स्पीडमा रहेको समयमा विपरित दिशाबाट आउने हावाको चाप (ड्र्याग) घटाउने काम गर्छ, फलस्वरुप यात्राको कुल समय र इनर्जी बचत हुनेछ । 

यो सेल्फ ड्राईभिङ्ग टेक्नोलोजीले गाडीहरूलाई एकदमै नजिकमा ड्राइभ गराउनेछ, जसले गर्दा बाटोमा दुईवटा गाडीहरूबीचमा हुने दूरी कम गरेर ट्राफिक कम गर्नेछ । 

प्यालटुनको मुख्य अर्थ साइक्लिस्टहरूको झुण्ड हो, उनीहरू एकदमै नजिक समूहमा रहेर यात्रा गर्छन् । परिणामस्वरुप बीचमा रहने साइक्लिस्टको ड्र्याग ५ देखि १० प्रतिशतसम्म कम भई इनर्जी बचत हुन्छ । त्यस्तै, एप्पलको यो टेक्नोलोजीको उद्देश्यपनि पछाडिको कारहरूमा ड्र्याग कम गर्नु रहेको छ । यसले ग्रुपमा रहने कारहरूको समय–समयमा आफ्नो पोजिसन परिवर्तित गरेर लिड कारलाई ब्रेक दिनेछ । जसको फाइदा सबै कारहरूले पाउनेछन् । 

ड्र्यागको कमीले गर्दा कारहरूलाई कम इलेक्ट्रीसिटी खपतमा पनि स्पीड बढाउन सकिनेछ, यसको सहयोगले ईभीको रेञ्ज बढाउनमा सघाउनेछ । साथै, चार्जिङ्गका लागि रोकिनुपर्ने समयलाई धेरै नै घटाउनेछ । 

यो सिस्टमले प्लाटुनमा रहेको भेहिकलहरूको अर्डर सबैलाई फाइदा हुने किसिमले तय गर्नेछ । उदाहरणका लागि जुन कारमा धेरै ब्याट्री लाइफ तथा फ्यूल रिजर्भ छ, त्यसलाई अगाडि राख्नेछ तथा कम फ्यूल भएकाहरू पछिल्लो पङ्तीमा हुनेछन् । 

सायद यसको अझ उत्कृष्ट पक्ष गाडीहरूलाई अगाडि–पछाडि मिलाउनुमात्र नभई ईभीहरूले कसरी आफ्नो चार्ज एक–आपसमा सेयर गर्ने भन्ने रहनेछ । प्याटेन्टमा जनाइएअनुसार ईभीहरूले रिट्राक्टेवल अपरेटर्सको सहयोगमा आवश्यक पर्ने गाडीलाई लाइन नबिगारिकन पावर ट्रान्सफर गर्नेछन् । पछाडि रहेको इलेक्ट्रीक कारले अगाडि रहेको कारमा प्लग–इन् गरेर आफ्नो इनर्जी सेयर गर्न सक्ने छन् । जसले यिनीहरूको इफिसेन्सी बढाउनेछ ।

यो सेल्फ ड्राईभिङ्ग टेक्नोलोजीले गाडीहरूलाई एकदमै नजिकमा ड्राइभ गराउनेछ, जसले गर्दा बाटोमा दुईवटा गाडीहरूबीचमा हुने दूरी कम गरेर ट्राफिक कम गर्नेछ । साथै, आवश्यक पर्दा सजिलै गाडीहरूलाई अघि–पछि परिवर्तन गर्नेछ । यसमा मानिसलाई रियाक्ट गर्ने जति दूरीको आवश्यकता पर्नेछैन । किनकी आवश्यक पर्दा एकैपटक लाइनमा रहेका सबै गाडीहरूले एकैपटक ब्रेक लगाउनेछन् । 

हालसम्म यो टेक्नोलोजी व्यावसायिक प्रयोगमा आइसकेको छैन, तर एप्पलको यो आईडियाले इफिसेन्सी बढाउनमा पक्कै सघाउ पुर्याउने अपेक्षा गर्न सकिन्छ ।


Back_to_top