अप्रिलियाले भारतमा उत्पादन गर्दै १५० सीसी सेग्मेन्टका बाइक

इटालियन बाइक निर्माता कम्पनी अप्रिलियाले भारतीय बजारलाई मध्यनजर गर्दै १५० सीसी क्षमताका बाइक भारतमै उत्पादन गर्ने घोषणा गरेको छ । अहिलेसम्म सबै किसिमका बाइक आयात गर्दै आएको कम्पनीले ५०० सीसी क्षमता भन्दा माथिका बाइक भने आयात गर्ने योजना बनाएको छ । 

पछिल्लो समयमा भारतीय बजारमा दुई पाङ्ग्रे सवारीसाधनको माग निकै बढ्दै गएको भन्दै कम्पनीले भारतमा नै कम सीसी क्षमताका बाइक उत्पादन गर्न लागेको  पियाजियो भेहिकल इन्डियका मेनेजिङ डाइरेक्टरले जनाएका हुन् । 

केही दिन अघिमात्रै टीआरके ५०२ र टीआरके ५०२ एक्स भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा सन् २०२० भित्रै उत्पादन गर्ने जानकारी दिएको हो । 

अहिले अप्रिलियाका प्रिमियम स्कुटरहरु बजारमा लोकप्रिय रहेका छन् । नेपाली बजारमा पनि अप्रिलियाको उत्पादनहरु निकै चर्चित रहेका छन् । भारतीय बजारमा उत्पादनसँग ति उत्पादनहरु नेपाली बजारमा पनि आउने छन् । 

भारतमा उत्पादन हुने बाइकको मूल्य ८० हजारदेखि १ लाख ५० हजार भारुसम्मका हुने अनुमान गरिएको छ । 


Back_to_top