भारतको मुम्बाइमा रहेको कावासाकी बाइकको आधिकारीक डिलर अन्जेन कावासाकीले विल्कुलै नौलो अफर सार्वजनिक गरेको छ । उक्त डिलरले हालै मात्र सार्वजनिक भएको कावासाकी भेर्सेस–१००० एक्सचेन्ज गर्ने ग्राहकलाई ६ लाखसम्मको अफर ल्याएको हो ।
उक्त डिलरले कावासाकी भेर्सेस–६५० का ग्राहकले कावासाकी भेर्सेस–१००० सँग एक्सचेन्ज गर्दा उक्त सुविधा पाउने छन् । डिलरका अनुसार उक्त योजनामा बाइक एक्स्चेन्ज एक्स शोरुम मूल्यलाई आधार मानेर गरिने जनाएको छ ।
कावासाकी भेर्सेस–६५० को एक्स शोरुम मूल्य ६ लाख ७० हजार रहेको छ ।
कावासाकी भेर्सेज–६५० कुन वर्ष उत्पादन भएको हो, सोही अनुसार यो योजना लागु हुने जनाइएको छ । भेर्सेज–६५० को २०१८ मोडलका ग्राहकले भेर्सेस–१००० एक्सचेन्ज गर्दा ९० प्रतिशतसम्म रकम पाउने छन् ।
त्यसैगरी भेर्सेस–६५० को २०१७ मोडलका ग्राहकलाई ८० प्रतिशत र २०१६ मोडललाई ६० प्रतिशतसम्मको मुल्याङकन पाउने छन् ।
यो अफरको बारेमा बोल्दै अन्जेन कावासाकीका संचालकले कावासाकी भेर्सेस–६५० का सबै ग्राहकलाई नयाँ भेर्सेसमा अपग्रेड हुने अबसर प्रदान गर्ने हिसाबले यो योजना ल्याएको जानकारी दिए ।
सन् २०१८ मोडल भेर्सेस–६५० एक्स्चेन्ज गर्ने ग्राहकले ४ लाख ४७ हजार भारतीय रुपैयाँ थप गरेर नयाँ भेर्सेस–१००० प्राप्त गर्न सक्नेछन् । कम्पनीले नयाँ बाइकको मूल्य १० लाख ६९ हजार भारु तोकेको छ ।
कस्तो छ कावासाकी भेर्सेस–१०००
यो बाइकमा एलइडी हेडल्याम्स, न्यु इन्स्ट्रुमेन्टेशन, फुल डिजीटल एलसिडी स्क्रिन जस्ता विशेषता दिइएको छ । साथै, अपराइड राइडिंड पोजिशन, आरामदायी सिट, टल विन्डस्क्रिन, इलेक्ट्रोनिक क्रुज कन्ट्रोल, कावासाकी इन्टेलीजेन्ट, एन्टी लक सिस्टम, थ्रि मोड कावासाकी ट्राक्शन कन्ट्रोलयसका आकर्षक फिचर रहेको छ ।
यसमा उपलब्ध १०४३ सीसी लिक्विड इनलाइनफोर इन्जिनले १२० बिएचपी पावरका साथै १०२ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पिड ट्रान्समिसन लगाइएको छ ।

