एआरएआईका अनुसार नेक्सन इभी फुल चार्जमा ३१२ किमि चलाउन सकिने

काठमाडौं । टाटा मोटर्सको लागि पछिल्लो दिन निकै उत्कृष्ट बन्दै गएको छ । केही दिनअघि भएको ग्लोबल एनक्यापमा नयाँ ह्याचव्याक कार अल्ट्रोजले ५ स्टार रेटिङ पाएको थियो । अब कम्पनीले ३०० किलोमिटर रेञ्ज दाबी गरेको नेक्सन इभीमा एआरएआई (अटोमोटीभ रिसर्च एसोसिएसन अफ इन्डिया)ले गरेको परिक्षणमा कम्पनीले दाबी गरेभन्दा १२ किलोमिटर बढी रेञ्ज दिने प्रमाणित भएको छ ।

एआरएआईका अनुसार नेक्सन इभीले एकपटकको फुलचार्जमा ३१२ किलोमिटर रेञ्ज प्रदान गर्ने छ । कम्बस्चन इन्जिनयुक्त नेक्सनकै धेरै फिचर प्रयोग भएको यस इलेक्ट्रीक कारलाई कम्पनीले तीन भेरियन्टमा बजारमा ल्याउने घोषण गरेको छ । जसमा एक्सएम, एक्सजेड प्लास र एक्सजेड प्लस लग्जरी रहेको छ । गाडीको सन्तुलन कायम गर्न कम्पनीले अगाडी र पछाडि भागमा बराबर भार दिएको जनाएको छ । जिपट्रोन टेक्नोलोजीमा आधारित यो एसयूभीमा ३०.२ किलोवाट आवरको हाइइनर्जी डेनसिटी लिथियम आयोन ब्याट्री सेल दिइएको छ । यसको मोटरमा लिक्वीड कुल्ड सिस्टम प्रदान गरिएको छ ।

यसमा रहेको व्याट्री चार्ज गर्न घरायसी चर्जरबाट ८ घण्टा लाग्छ भने डिसी फर्स्ट चार्जरबाट चार्जगर्दा ६० मिनेटमा ८० प्रतिशत चार्जगर्न सकिन्छ । यसमा दिइएको व्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी दिने कम्पनीले घोषणा गरेको छ ।

यो एसयूभी टाटाको सबैभन्दा चाँडो उच्चगति समाउन सक्ने कार भएको छ । यसले ० देखि ६० किलोमिटरको स्पीड केबल ४.६ सेकेन्डमा भेट्टाउने छ भने १०० किलोमिटर प्रतिघण्टाको स्पीड ९.९ सेकेन्डमा छुनेछ । अहिलेसम्मकै सबैभन्दा धेरै ग्राउन्ड क्लियरेन्स भएको इलेक्ट्रीक एसयूभी बन्ने बाटोमा समेत रहेको छ । यसमा २०५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स पाउन सकिने छ ।

सुरक्षालाई मध्यनजर गर्दै हाइ स्ट्रेन्थ स्टिल र बोस्टले ब्याट्रीलाई ढाकिएको छ । भने टाटाको एसयूभीमा पहिलोपटक इलेक्ट्रीक सनरुफसमेत दिइएको छ ।

टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भारतमा बिक्री सुरु भएको केही समयपछि यसलाई नेपाली बजारमा ल्याउने बताइसकेको छ ।


Back_to_top