जनकपुरमा टाटा मोटर्सको कार मेला शुरु

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालीकोे बर्षेनी देशका बिभिन्न स्थानमा गर्दै आएको कार मेला माघ २ र ३ गते जनकपुरमा सिप्रदी ट्रेडिङ्ग र सिप्रदी ट्रेडिङ्ग का बिक्रेता गिरिजा अटोमोबाइल्स्को सहकार्यमा आयोजना भएको छ । कार मेला बिहान ११ बजे देखि साँझ ७ बजे सम्म होटल राजदरबार जनकपुरमा सुरु भएको आयोजकले जनाएको छ ।

यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न टाटाका गाडीहरु किन—बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी नयाँ गाडीसँग साट्न सक्नेछन् ।

यस मेलामा अन दि स्पोर्ट फाइनान्सिङ्ग, प्रत्येक टेस्ट ड्राइभमा उपहार, पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेन्ज बोनस एक लाख जस्ता सेवा तथा सुविधाहरु ग्राहकहरुले पाउने आयोजकले जनाएको छ । प्रवेश निशुल्क रहने यस कार्यक्रम २ दिन सम्म चल्नेछ ।


Back_to_top