काठमाडौं । आफूलाई प्रतिनिधि सभाको सांसद बताउँदै ट्राफिक प्रहरी लगायत व्यक्तिलाई फोन गर्दै दबाब दिने तथा प्रलोभनमा पोर्न पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले नक्कली सांसद बनेका कमलामाई नगरपालिका-७ माझिटारका ३६ वर्षीय लोकबहादुर तामाङलाई पक्राउ गरेको हो ।
उनले आफू सिन्धुली क्षेत्र नम्बर १ को सांसद धनेन्द्र कार्की हुँ भन्दै ट्राफिक प्रहरी लगायत व्यक्तिलाई फोन गर्दै विभिन्न दबाब दिने गरेका थिए ।
पक्राउ परेका तामाङ विरुद्ध अभद्र व्यवहारको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


