टीभीएस अपाचे २०० ४ भीको नयाँ रेकर्ड

टीभीएस मोटरको अपाचे मोटरसाइकलले लामो स्टन्टमा नयाँ रेकर्ड कायम गरेको छ । हालै भएको लंगेस्ट नन्–स्टप स्टन्टमा अपाचेले एसिया बुक अफ रेकर्ड कायम राखेको हो । 

जयपुर, इन्डोर, बैंलोरलगायत सहरबाट ६ टिमको सहभागितामा उक्त स्टन्ट ६ घण्टासम्म भएको थियो । स्टन्टमा अपाचे आरटीआर २०० फोरभी मोटरसाइकल प्रयोग भएको छ । 

पिलन थ्रिल–राइड, ३६० डिग्री, फ्रन्ट ह्वीलीलगायत विभिन्न स्टन्टका स्टेप भएको थियो । यसमा टीभीएस अपाचेले रेकर्ड कायम परेको छ । एसिया बुक अफ रेकर्डमा अपाचेको रेकर्ड कायम भएको हो ।  


Back_to_top