अमेरिकी कार उत्पादक कम्पनी फोर्डले चीनमा इलेक्ट्रीक कार सार्वजनिक गर्ने भएको छ । फोर्डले पहिलो पटक चीनमा पूर्ण इलेक्ट्रीक कार टेरिटोरी इभी सार्वजनिक गर्ने भएको हो ।
फोर्डले आफ्नो कम्प्याक्ट क्रसओभर÷एसयूभी चिनीयाँ बजारमा २०१९ को अन्त्यसम्ममा उपलब्ध गराउने जनाएको छ । फोर्डको चिनीयाँ बजार लक्षीत २.० प्लान अन्तर्गत आउन लागेको यो पहिलो गाडी हो ।
फोर्ड टेरिटोरी इभीले एक पटकको फुल चार्जमा ३ सय ६० किलोमिटर (२ सय २४ माइल) माइलेज दिने दाबी कम्पनीले गरेको छ । यसमा एनइडीसी चार्जर प्रयोग हुनेछ ।
फोर्डले यो इभी चीनको जिङलिङ मोटर्ससँगको सहकार्यमा बनाएको छ । फोर्डका अनुसार चीनका मुख्य सहरमा व्यापक रुपमा चार्जिङ स्टेशन बनाउने छ । यो इभीमा एलइडी हेडलाइट, १० इन्च एलसीडी टचस्क्रिन, एरो ह्वीललगायत विशेषता हुनेछ ।
फोर्डले २.० योजना अन्तर्गत ३० नयाँ फोर्डका गाडी सार्वजनिक गर्ने जनाएको छ । त्यसमध्ये १० नयाँ इभी हुने छन् । फोर्डले टेरिटोरीलाई प्लग–इन हाइब्रिड, प्युल इफिसियन्ट ग्यासोलाइन इन्जिन र ४८भी माइल्ड हाइब्रिडमा समेत उपलब्ध गराउने जनाएको छ ।

