‘अथर ४५० एक्स’ स्कुटरमा आगलागी

काठमाडौं । भारतमा एकपटक फेरी इलेक्ट्रीक स्कुटरमा आगो लागेको खबर बाहिर आएको छ । भारतको बेगंलोरमा रहेको इलेक्ट्रीक स्टार्ट अप कम्पनी एथरको ४५० एक्समा आगो लागेर स्कुटरको पछिल्लो साइड पुरै ध्वस्त भएको भिडियोबाट सार्बजनिक भएको हो ।

बिभिन्न सोसल साइटहरुमा भिडियो भाइरल भएपछि मिडियाहरुले समाचार बनाएका छन् । सोसल मिडियाहरुमा आगो लागेको भिडियो भाइरल भएपछि आगो कसरी लाग्यो भन्ने बारेमा स्टार्ट अप कम्पनी एथरले एक विज्ञप्ती जारी गरेको छ ।

कम्पनीको भनाई अनुसार आगो लाग्नुको कारण मोटर कन्ट्रोलरको कनेक्टर्समा एउटा गलत तरिकाबाट वायरिङ जोडिएको थियो । त्यसैले गर्दा कन्ट्रोलर टर्मिनलको आसपास स्पार्किंग भएर आगो लागेको उल्लेख छ ।

यो घटना मानविय त्रुटीका कारण भएको कम्पनीको भनाई छ । एथर इलेक्ट्रीक स्कुटर भारतमै डिजाइन गरेर निर्माण भएको सफल मध्यको एक ब्राण्ड हो । भबिस्यमा यस्ता घटना रोक्न २ स्टेप भेरिफिकेसन प्रोसेस सुरु गरेको कम्पनीको भनाई छ ।


Back_to_top