काठमाडौं । यातायात ब्यवस्था विभिागले कार्यविधि बनाएर दर्ता गर्ने प्रक्रिया सुरु गरेसँगै यात्री मोटरसाइकलले आफ्नो पी–१ मोटरसाइकललाई अपग्रेड गरेर बजारमा ल्याउने भएको छ । यसको मुख्य अपग्रेड रेन्जमा हुन लागेको हो ।
यसअघि ११० किलोमिटर रेन्ज दिने पी-१ अपग्रेड भएर २०० किमि रेन्ज दिनेगरी आउन लागेको हो ।
अहिले सडकमा १०० यूनिटभन्दा धेरै मोटरसाइकल चलिरहेको र उहाँहरुको प्रतिक्रिया अनुसार मोटरसाइकल अपग्रेड गर्न लागेको कम्पनीले जनाएको छ । यात्री मोटरसाइकलका सीईओ वत्सल पाण्डेका अनुसार अबको केही ६ महिनापछि पी–१ अपग्रेड भएर आउने छ ।
‘अहिले सडकमा गुडिरहेको १००भन्दा धेरै ग्राहकबाट प्रतिक्रिया लिएर के कस्ता सुधारका काम गर्नु पर्छ भन्ने प्रतिक्रिया लिएका छौं । त्यस अनुसार सुधार गर्ने काम भइरहेको छ’, पाण्डेले भने ।
फिचर अपग्रेड र रेन्ज पनि बढेर आएपनि मूल्य भने पुरानै कायम गरेर विक्री गर्ने योजनामा आफुहरु रहेको पाण्डेको भनाई छ ।
यसको साथै, अबको ४ महिना भित्रमा नै कम्पनीले यात्री पी २ सार्वजनिक गर्ने तयारी भइरहेको छ । कम्पनीका अनुसार यात्री पी २ इलेक्ट्रीक स्कुटर हुनेछ ।


