काठमाडौं । एथरले आफ्नो ४५० सिरिज स्कुटरमा पनि क्रुज कन्ट्रोल सिस्टम दिएको छ ।
कम्पनीले यसअघि आफ्नो फ्यागशिप मोडल एपेक्समा मात्र उपलब्ध गराउँदै आएको क्रुज कन्ट्रोल सिस्टम अब एथर ४५० एक्समा पनि राखेको हो ।
एथरले पहिलोपटक एथर कम्युनिटी डे २०२५ मा सार्वजनिक गरेको इन्फिनाइट क्रुज कन्ट्रोल अब ४५० एक्समा पनि ल्याएको हो ।
कम्पनीले २०२५ जनवरी १ यता बिक्री भएका ४५० एक्स स्कुटरमा क्रुज कन्ट्रोल फिचर अपडेट गरेको हो । याे फिचर ग्राहकले स्कुटरकाे ड्यासबोर्डबाट आफैंले अपडेट गर्न मिल्ने कम्पनीले बताएको छ ।कम्पनीले यसबारे ग्राहकलाई चाँडै जानकारी दिनेछ ।
एथरले तयार पारेको इन्फिनाइट क्रुज कन्ट्रोल आधुनिक कारमा हुनेभन्दा पनि एड्भान्स फिचर हो । यो क्रुज कन्ट्रोल सिस्टममा एथरको पेटेन्ट समेत रहेको छ ।
अहिले प्रयोग भएको कुज कन्ट्रोल एक सीमित गतिमा एक्टिभेट गरेर चलाएपछि ब्रेक वा थ्रोटल लिएपछि क्रुज कन्टोल आफैं ‘डी एक्टिभेट’ हुन्छ ।

तर, एथरले तयार पारेको नयाँ क्रुज कन्ट्रोलले ब्रेकिङ वा एक्सेलेरेशन गरे पनि काम गर्नेछ । यो क्रुज कन्ट्रोल सिस्टमले १० देखि ९० किलोमिटर प्रतिघण्टाको स्पीडमा काम गर्छ ।
एथरले ल्याएको यो फिचर भित्र मल्टि मोड ट्रयाक्सन कन्ट्रोल सिस्टम र राइडिङ मोड पनि छन् । साथै, सिटी क्रुज, हिल कन्ट्रोल र क्रल कन्ट्रोल फंसनहरू समेत उपलब्ध छन् । यी फंसनले अलग-अलग ट्राफिक स्पीड एड्जस्ट गर्ने, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम र अफरोडका लागि स्पीड स्थिर बनाइराख्ने काम गर्छन् । यी फंसनले स्कुटरको ट्रयाक्सन कन्ट्रोल सिस्टमसँग मिलेर काम गर्ने छन् ।
एथर ४५० एक्स
एथर ४५० एक्स दुई भेरियन्टमा उपलब्ध छ । यसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको ब्याट्री छ ।
यसमा पार्किङ एसिस्ट, रिभर्स गियर, अटो होल्ड, गुगल म्यापसहितको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् ।
यी स्कुटरले सिंगल चार्जमा ९५ किलोमिटरदेखि १५० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।

