काठमाडौं । जर्मन लग्जरी कार निर्माता कम्पनी अउडीको उत्पादन नेपाली बजारमा आउने भएको छ । नेपाली बजारमा प्रिन्सा अटाेमाेबाइल्सले यसलाई ल्याएको हो भने, यसको बिक्री वितरण राम्रो मोटर्सले गर्ने भएको छ ।
इलेक्ट्रीक सवारीमा आकर्षण बढेसँगै अउडीको पहिलो इलेक्ट्रीक कार नेपाल आउने भएको हो । अबको १५ दिन भित्र ३ यूनिट गाडी नेपाल आइसक्ने कम्पनी स्रोतले बताएको छ । त्यसको लगत्तै अर्को तीन यूनिट आउने छ ।
गाडी काठमाडौं आएसँगै यातायात व्यवस्था विभागबाट गर्नु पर्ने रोड वर्दीनेस टेष्टलगायतका काम पुरा गरेपछि यसको बिक्री वितरण सुरु हुनेछ ।
‘नेपालमा अउडीको प्रिमियम कार भित्रीएको छ, यसलाई बजारमा बिक्री गर्ने काम हामीले गर्नेछौँ’ राम्रो मोर्टसका संचालक विशाल वर्थवालले मेरोअटोसँग भने ।
उनकाअनुसार गाडीको आधिकारीक आयातकर्ता प्रिन्सा अटाेमाेबाइल्स हो भने बिक्रीको जिम्मेवारी राम्रो मोटर्सले लिएको छ ।
अहिले नै यसको बिक्री मूल्य निर्धारण भइनसकेको भएपनि अनुमानित १ करोड ७५ लाख रुपैयाँ पर्ने वर्थवालले जानकारी दिए ।
यस्तो छ इलेक्ट्रीक एसयूभी
अउडीले बेलायती बजारमा केही महिना अगाडि बिक्री सुरु गरेको इट्रोन एसयूभीमा ५ जनाले सहज यात्रा गर्न सक्ने छन् । कम्पनीले सन् २०२५ सम्ममा बजारमा ल्याउने घोषणा गरेको ११ इलेक्ट्रीक गाडी मध्ये यो पहिलो हो ।
यसमा कम्पनीले ९३ किलोवाटको पावरफुल व्याट्री दिएको छ । दुई वटा इलेक्ट्रीक मोटर दिइएको यो एसयूभीले ४०० बीएच पावर जेनेरेट गर्छ ।
कम्पनीको क्यू–५ र क्यू–८ बाट प्रभावित ईट्रोनमा क्यू–३ को जस्तो हेडलाईट प्रयोग गरिएको छ । यसलाई कम्पनीले क्यू सिरिज नै मानेको छ । कम्पनीले आफ्नो नयाँ इलेक्ट्रीक कारमा साईड मिरर (ओआरभीएम) दिएको छैन । मिररको सट्टामा क्यामेरा दिइएको छ ।
एक पटकको फुलचार्जमा यो एसयूभीमा ४०० किलोमिटरको यात्रा गर्न सकिने कम्पनीले दाबीको दाबी छ । विश्व बजारमा यसको प्रतिस्पर्धा टेस्ला मोडल एक्स, ज्यागुवार आईपेश र मर्सिडिज बेन्ज इक्यूसीसँग भइरहेको छ ।

