काठमाडौं । इलेक्ट्रीक स्कुटर बिक्रेता कम्पनी मियामाका लागि नेपालको आधिकारीक वितरक मियामा मोटर्स प्राइभेट लिमिटेडले नाडा अटो शोमा इलेक्ट्रीक स्कुटर बिक्री तथा प्रदर्शनका लागि राख्ने भएको छ ।
केही समय अगाडी नेपाल भित्रिएको कम्पनीले भदौ १० गतेबाट सुरु हुने अटोशोमा आफ्नो स्कुटरलाई सहभागी गराउन लागेको हो ।
कम्पनीले अटोशोमा लिथीयम आयन ब्याट्री युक्त वाइवाइ जेड –८ डी स्कुटर राख्ने तयारी गरेको छ । हाल, लिड एसिड ब्याट्रीमा बिक्री भैरहेको यो स्कुटर नयाँ ब्याट्री अप्सनमा आउने भएको छ ।
नाडा अटो शोमा राख्ने स्कुटर लिथीयम आयोन ब्याट्रीयुक्त हुने कम्पनीले जनाएको छ । उक्त स्कुटरको मूल्य १ लाख ९८ हजार तोकिएको कम्पनी स्रोतले जानकारी दियो ।
यसमा उपलब्ध ७२ भोल्टको ब्याट्रीलाई फुल चार्ज गर्न ४ देखि ६ घन्टाको समय लाग्ने कम्पनीले जनाएको छ ।
१३५ किलोग्रामको यो स्कुटरले एकपटकको फुल चार्जमा ८५ देखि १०० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक लगाइएको छ ।
यसमा डमापिङ हाइड्रोलिक, एयर सस्पेन्सन, डिजिटल स्पीडो मिटर, सेन्टर कि लकिंग सिस्टम जस्ता विशेषता दिइएको छ ।
कम्पनीले हाल, नेपाली बजारमा बिक्री गर्दै आएको मियामा लिड एसीड– १ को मूल्य १ लाख ४९ हजार, सिजेवाइ– १ को मूल्य १ लाख ६४ हजार, एल वाइ –१ को मूल्य १ लाख ६५ हजार, जेवाइ– १ को मूल्य १ लाख ६८ हजार रहेको छ ।
यस्तै, कम्पनीले टिएन –६ को मूल्य १ लाख ९६ हजार निर्धारण गरेको छ । यी सबै मोडल अटो शोमा राखिने कम्पनीले जनाएको छ ।
कम्पनीले हाल, जे वाइ –१ लाई लिथीयम आयोन र लिड एसीड ब्याट्री अप्सनमा बिक्री गर्दै आएको छ । भने, अब चाँडै आफ्ना सबै मोडललाई लिथीयन आयान ब्याट्रीमा ल्याउने योजना बनाएको जनाएको छ ।

