नयाँ अवतारमा आयो होन्डा सिबी साइन, यस्तो छ मूल्य

काठमाडौं । होन्डाको चर्चित मोटरसाइकल सिबी साइनको नयाँ संस्करण नेपाली बजारमा आएको छ । होन्डाको नेपालको लागि आधिकारीक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ सिबी साइन बजारमा ल्याएको हो । 

कम्पनीले बिगतदेखि नै बिक्री वितरण गर्दै आएको सिबी साइन निकै चर्चित बाइक हो । 

नयाँ सिबी साइनमा रेगुलर मोडलकै जस्तो १२४.९ सीसीको इन्जिन दिइएको छ । उक्त इन्जिनले १०.१६ बीएच पावर र १०.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स म्यानुयल गियरबक्स दिइएको छ । 

होन्डाले भारतीय बजारमा आफ्नो बजार हिस्सा कायम राख्न यो मोडललाई निकै स्टाइलिस बनाएर परिमार्जन गरेको हो । कम्पनीले यसमा प्रयोग गरिएको हेडल्याम्पलाई परिवर्तन गरि नयाँ हेडल्याम्प दिएको छ । 

यसको एक्जस्टमा क्रोम दिइएको छ भने थ्रीडी ग्राफिक्स पनि फ्युल ट्यांकीमा देखिने गरी राखिएको छ । 

नयाँ साइनमा सुरक्षाको लागि फ्रन्ट डिस्क ब्रेकका साथै आफ्नो चर्चित ब्रेकिङ सिस्टम कम्बी ब्रेकसमेत दिएको छ । 

विभिन्न भेरियन्टमा उपलब्ध होन्डा सिबी साइन डीआरएसको मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ रहेको छ । डीएसएसको मूल्य २ लाख १२ हजार ९ सय र एसपी डीआरएसको मूल्य २ लाख २८ हजार ९ सय रहेको छ । 

त्यसैगरी सबैभन्दा महंगो भेरियन्ट एसपी डीएसएसको मूल्य २ लाख ३३ हजार ९ सय रुपैयाँ तोकिएको छ ।


Back_to_top