लग्जरी ईभी खोज्नेलाई पर्फेक्ट क्रसओभर एसयूभी (भिडियो रिभ्यू)

काठमाडौं । अबतार ब्राण्डमा नेपाल आएको पहिलो मोडल मेरोअटोले टेस्ट ड्राइभ गरेर हेरेको छ । ठूलो साइज, उत्कृष्ट क्याविन फिचर र लग्जरी फिल दिन सफल भबतार-११ एउटा पर्फेक्ट क्रसओभर एसयूभी हो ।

यसलाई उपत्यकाको विभिन्न क्षेत्रमा चलाएर हेरेपछि सबैभन्दा धेरै मनपरेको फिचर क्याविनमै छ । सिटको नरमपना र बस्दा आनन्द आउने डिजाइनले लामो यात्रामा पनि आराम अनुभुति गराउन सक्छ ।

साइजको हिसावले निकै लामो अबतार ११ को लम्बाइ ४८८० एमएम, चौडाइ १९७० एमएम र उचाइ १६०१ एमएम छ । यसमा २९७५ एमएम लामो ह्वीलवेस छ । साइजकै कारण क्याविनमा प्रसस्त स्थान छ । बुट स्पेश र फ्रन्ट फ्रङ्सको साइज क्रमशः ५६० र ९५ लिटर छ ।

ग्राउन्ड क्लियरेन्सको मामलामा पनि १८० एमएमको ठिकठाक साइज पाउन सकिन्छ । यसका अलावा १९० किलोवाटको इलेक्ट्रीक मोटरको पावर उत्कृष्ट छ । रियर ह्वील ड्राइभ र पीकटर्क पनि ३७० न्यूटन मिटर भएको कारण पावरको मज्जा लिनेको लागि निकै स्टेवल क्रसओभर एसयूभीको रुपमा अबतार-११ लाई लिन सकिन्छ ।

एमएडब्लू वृद्धिले दुई भेरियन्टमा नेपाल ल्याएको अबतार ११ को सानो ब्याट्री भर्सन हामीले टेस्ट ड्राइभ गरेका थियौं । यसमा ९० किलोवाट आवरको गोल्डन सिल्ड ब्याट्री दिइएको छ । जसको रेन्ज ४९० किलोमिटर डब्लूएलटीपी टेस्टमा देखिएको छ ।

गाडीको ड्राइभिङ अनुभव थाहापाउन तलको भिडियो हेर्नुहोला ।


Back_to_top