बजाजले सुरु गर्यो स्कुटर बनाउन, यस्तो हुने छ मूल्य र मोडल

बजाज मोटरसाइकल स्पोर्टी मोटरसाइकल निर्माणमा निकै अग्रणी कम्पनीको रुपमा चिनिँदैआएको छ । अझ नेपाली बजारमा मोटरसाइकल सेग्मेन्टमा लामो समयदेखि बजाज पल्सरको दब्दबा रहँदैआएको छ । 

बजाजले उत्पादन गरेको पल्सर मोडलले भारतमा मात्रै बिक्रीको आँकडा एक करोड युनिट पुर्याएको छ । अब कम्पनीले स्कूटर सेग्मेन्टमा समेत हात हाल्ने भएको छ । उसो त कम्पनीले यसअघि स्कुटर बनाउँदै नबनाएको भने होइन । कम्पनीले यसअघि ल्याएको बजाज चेतक अझै नेपाली बजारमा समेत कहिलेकाहिँ पाउन सकिन्छ । 

पछिल्लो समय भारतमा सर्वाधिक धेरै बिक्ने सवारीसाधनमा होन्डा एक्टीभा स्कूटर रहेको छ । यस्तोमा कम्पनीले स्कूटर सेग्मेन्टमा पुनः प्रवेश गरेर प्रतिस्पर्धा गर्न रुचाउनु स्वभाविक हो । 

कम्पनीले स्कूटर सेग्मेन्टमा १२५ सीसी र १५० सीसी इञ्जिन क्षमताका स्कूटर उत्पादन गर्ने लक्ष्यसहित भारतीय आइकोनिक स्कूटर चेतकलाई ल्याउन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

२०१९ को अन्त्यसम्मा कम्पनीले चेतकलाई पुनः बजारमा ल्याउने र जसको सिधा प्रतिस्पर्धा भेस्पासँग हुनेछ । 

अहिलेसम्मको मिडिया रिपोर्टअनुसार १२५ सीसी सेग्मेन्टमा चेतकको मूल्य ७० हजार भारतीय रुपैयाँ रहने कुरा बाहिर आएको छ । यो सेग्मेन्टको स्कूटरले सुजुकी वर्गम्यानसँग प्रतिस्पर्धा गर्नेछ । यसलाई कम्पनीले इलेक्ट्रीक भेरिएन्टमा समेत ल्याउनेछ । इलेक्ट्रीक  भेरिएन्ट भने आगामी २०२०को अन्त्यसम्ममा बजारमा ल्याउनेछ । 

नयाँ जेनेरेशनको चेतकमा लेटेष्ट सबै प्रकारका फिचरहरू रहनेछन् भने यसले युवावर्गमा निकै ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ । सन् ९० को दशकमा एकछत्र राज गरेको यो मोडललाई कम्पनीले नयाँ जेनेरेशनसँग जोड्न लागेको हो । 

१२५ सीसी क्षमताको निकै माइलेज कन्सियस इञ्जिन दिन लागेको कम्पनीले सम्भवतः सिंगल सिलिन्डर एयर कुल्ड इञ्जिन दिनेछ । यसले ९.५ बीएचपी पावर जेनेरेट गर्छ । 

साथै, रेट्रो इन्स्पायर स्टाइलमा आउन लागेको स्कूटरमा अपराइट ह्यान्डल बार, कम्र्फटेवल सिट, अल डिजिटल कन्सोल, ब्लूटुथ कनेक्टीभिटी, यूएसबी चार्जर, मोर्डन सस्पेन्सन, सीबीएस ब्रेकलगायतका सुविधा हुने अनुमान गरिएको छ ।


Back_to_top