बजाज चेतक स्कुटरको डेलिभरी सुरू, यस्तो छ स्कुटर

काठमाडौं । बजाजको चेतक इलेक्ट्रीक स्कुटरको डेलिभरी सुरू भएको छ । दुईसाता अघि नेपाली बजारमा सार्वजनिक भएको चेतक स्कुटरको डेलिभरी सुरू भएको हो ।

बजाजको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले चेतक स्कुटरको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

कम्पनीले नाइमा मोबिलिटी एक्स्पोमा चेतक प्रर्दशन गरेको थियो । कम्पनीले नक्सालमा स्कुटरको लागि डेडिकेटड शोरुम निर्माण गरिसकेको छ ।

बजाज चेतकको ३५०१ मोडलमा ४.२ किलोवाट क्षमताको मोटर रहेको छ । यसमा ३.५ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा १५३ किमी रेन्ज दिने कम्पनीको दाबी छ ।

चेतकमा रहेको ५ इन्च टीएफटी टचस्क्रीन डिस्प्लेले स्मार्ट नेभिगेसन, म्युजिक कन्ट्रोल र डक्युमेन्ट एक्सेस प्रदान गर्दछ । यसमा जियो–फेन्सिङ, एक्सिडेन्ट डिटेक्सन र एन्टी–थेफ्ट प्रोटेक्सन जस्ता सुविधा छन् ।

चेतकमा ३५ लिटर अन्डरसिट स्टोरेज छ । यो फाष्ट चार्जरबाट केबल ३ घण्टामा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।


Back_to_top