पल्सर २५० भन्दा पहिला डोमिनार २५० ल्याउँदै बजाज !

बजाजले आफ्नो २५० सीसी सेग्मेन्टमा पल्सर सिरिजलाई ल्याउने विभिन्न हल्लाहरु आएका थिए । तर, अहिले कम्पनीले डोमिनारको कम क्षमताको मोटरसाइकल सडक परिक्षण गरिरहेको तस्विर बाहिर आएसँगै तत्काल पल्सर सिरिजको ठाँउमा कम क्षमताको डोमिनार आउने जनाइएको छ ।

भारतीय अटो न्यूज पोर्टल रसलानेले विश्वस्त सुत्रबाट भन्दै डोमिनार २५० को सडक परिक्षण भइरहेको दाबी गरेको छ । मिडियाले गरेको दाबीलाई मान्ने हो भने बजाज मोटरसाइकलले नयाँ डोमिनार २५० को एआरएआई परिक्षण समेत गरिसकेको छ । केही समय अगाडी भारतीय मिडियाले डाेमीनार २०० ल्याउनेसमेत समाचार सार्वजिनक गरेका थिए ।

कम्पनीले बनाउने नयाँ मोडल डोमिनार ४०० को तुलनामा ६०० ग्राममात्रै कम तौलको हुनेछ । यदि मिडियाले गरेका दाबीलाई मान्ने हो भने यसमा बक्स टाइप स्विङआर्म, सानो डिस्क ब्रेक, फरक चेनकभर, अगाडि सानो ह्वील रहने छ ।

कम्पनीले यसमा ड्यूक २५० मा रहेको २४८.८ सीसी क्षमताको लिक्विड कुल्ड सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ३० बीएच पावर र २४ एनएम टर्क प्रदान गर्नेछ ।


Back_to_top