नयाँ जेनेरेशन ल्याण्डक्रुजर हाइब्रिड टेक्नोलोजिमा, भी८ इन्जिन नहुने

काठमाडौं । विश्व बजारमा विगत ६९ वर्षदेखि उत्पादन तथा बिक्री हुँदै आएको टोयोटा ल्याण्डक्रुजर निकै चर्चित गाडी हो । सन् १९५१ देखि नियमित उत्पादन हुँदै आएको टोयोटा ल्याण्डक्रुजर विगत १२ वर्षदेखि एउटै मोडलको रुपमा रहेको छ । अब भने कम्पनीले यसको नयाँ जेनेरेशन मोडल ल्याउने भएको हो ।

टोयोटा मोटर कर्पोरेशनको ग्लोवल मोडललाई आगामी अगस्ट महिनामा कम्पनीले नयाँ जेनेरेशनमा ल्याउने भएको हो ।

जापानी अटो मिडियाले उल्लेख गरेको रिपोर्टका अनुसार कम्पनीले नयाँ जेनेरेशन ल्याण्डक्रुजरमा ३.५ लिटर भी६ इन्जिनको साथ हाइब्रिड टेक्नोलोजी प्रदान गर्नेछ । जसले अधिकतम २९५ बीएच पावर प्रदान गर्नेछ । यसमा १० स्पीड अटोमेटिक गियरबक्स दिने जनाइएको छ ।

कम्पनीले अहिले नेपालमा बिक्री गर्दै आएको मोडलमा ४.६ लिटर भी८ इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ३१३ बीएच पावर र ६१५ एनएम टर्क प्रदान गर्छ ।

कम्पनीले नयाँ जेनेरेशन ल्याण्डक्रुजरलाई कम्प्नीले आफ्नो टिएनजीए प्ल्याटफर्ममा निर्माण गरिरहेको छ । नयाँ ल्याण्डक्रुजरलाई ‘लेडर इन फ्रेम च्याचीस’मा निर्माण गरिएको छ । यो नयाँ प्लाटफर्ममा बनेको एसयूभीको तौल कम र गाडी उच्च व्यालेन्समा रहने छ ।

बक्सी डिजाइनमा नै बनाइएको ल्याण्डक्रुजरमा टोयोटाको सेफ्टी सेन्सर ड्राइभर एसिस्टेन्स टेक्नोलोजी प्रयोग हुने जनाइएको छ ।


Back_to_top