स्मार्ट फिचरसहित आयो बजाज डोमिनार ४००

काठमाडौं । बजाजको सबैभन्दा प्रिमियम मोटरसाइकल डोमिनार ४०० को अपडेटेड भर्सन आउने भएको छ । कम्पनीले केही दिन भित्रै सार्वजनिक गर्ने तयारी गरेको डोमिनार ४०० डिलर नेटवर्कमा देखिएको हो ।

कम्पनीले भारतीय बजारमा २०२५ डोमिनार ४०० ल्याउने भएको हो । कम्पनीले पछिल्लो अपडेटमा टुरिङ एसेसरिज थप गरेर ल्याएको थियो । अब भने नयाँ अपडेटका साथ २०२५ मोडल ल्याएको हो ।

बजाजले पहिलो पटक डोमिनारमा फुल डिजिटल कन्सोल दिएको छ । कम्पनीले एनएस ४०० जेडमै भएको कन्सोल डोमिनारमा दिएको हो । यसमा स्मार्ट कनेक्ट फिचर उपलब्ध छ । डोमिनारको ट्याङ्कमा भएको सानो डिजिटल डिस्प्ले समेत हटाइएको छ । यसमा नयाँ यूएसबी पोर्ट दिइएको छ ।

डिजिटल कन्सोल कन्ट्रोल गर्नका लागि ह्याड्लबारमा नयाँ स्वीच प्यानल दिइएको छ । यसका अवाला यसमा राइड वाइ वायर टेक्नोलोजी हुने अनुमान गरिएको छ । यसमा नयाँ इमिशन स्ट्याण्डर्ड इन्जिनका अलावा अन्य परिर्वतन गरिएको छैन् । यसमा टुरिङ एसेसरिजलाई भने निरन्तरता दिइएको छ ।

बजाज डोमिनार ४०० मा ३७३ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ३९ हर्षपावर ३५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स जडान गरिएको छ । रेगुलर मोडल डोमिनार ४०० को मूल्य २ लाख २६ हजार भारतीय रुपैयाँ एक्स शोरुम मूल्य रहेको छ भने, २०२५ मोडलको मूल्य केही बढ्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top