नयाँ इन्जिनसहित बजाज डोमिनार जनवरीमा सार्वजनिक हुँदै, मूल्यमा कति फरक ?

भारतीय टु–ह्वीलर निर्माता कम्पनी बजाजले परिमार्जित फ्लेगसिप बाईक डोमिनार–४०० लाई यहि महिना भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ । २०१९ बजाज डोमिनार निकै स्टाईलिस र मस्कुलर देखिएको छ ।  

कम्पनीका अनुसार परिमार्जित डोमिनारको फ्रन्ट–सस्पेन्सन सिस्टमलाई परिवर्तन गरिएको छ । डबल च्यानल एबीएस–फिचर्स समेटिएको यो मोडलमा भारतीय प्रदुषण मापदन्ड बीएस–६ मा आधारित इन्जिन लगाइएको छ । 

कम्पनीकाअनुसार मोटरसाइकलमा ३७३.३ सीसी क्षमताको लिक्वीड कुल्ड फ्युल इन्जेक्टेड इन्जिन दिइएको छ । उक्त इन्जिनले ३५ पीएस पावरकासाथै ३५ एनएम–टर्क उत्पादन गर्छ । 

सेग्मेन्ट स्ट्यान्डर्डमा आधारित इन्भर्र्टेड टेलिस्कोपिक युनिटले रेगुलर टेलिस्कोपिक–फर्कलाई रिप्लेस गरेको कम्पनीले जनाएको छ । साथै, मोटरसाइकलमा डबल–क्यान साइलेन्सर लगाइएको छ । ग्राहकको प्रतिक्रियाबमोजिम मोटरसाइकललाई परिमार्जन गरिएको बताउँदै कम्पनीले भाइब्रेसनको समस्या हट्नुकासाथै ग्राउन्ड क्लियरेन्समा वृद्धि भएको दाबी गरेको छ । ईसीयू हार्डवेयर तथा सफ्टवेयरलाई अपडेट गरिएको छ ।

त्यस्तै, कम्पनीले मोटरसाइकलमा वाइड–ह्यान्डलबार र लामो पिलिन–सिट लगाएको छ । भ्यू–मिरर, ब्रे–क्याबल्स, ठूलो–रेडिएटर, न्यू–लेगार्ड, परिमार्जित डिजिटल इन्ट्रुमेन्ट कन्सोल र फ्रन्ट–फेन्डरमा ब्रेकका लागि भेन्ट लगाइएको छ ।  । ह्वीलको बायाँपट्टि फ्रन्टडिस्क–ब्रेक लगाइएको छ । भारतीय बजारमा पुरानो डोमिनारको मूल्य एक लाख ६२ हजार भारीय रुपैयाँ निर्धारण गरिएको छ । नयाँ इन्जिनमा आउने भएकाले नयाँ डोमिनारको मूल्य पुरानोभन्दा केही बढि हुने अनुमान गरिएको छ । 


Back_to_top