बजाजको इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । बजाजको बहुप्रतिक्षित इलेक्ट्रीक स्कुटर चेतक नेपालमा सार्वजनिक भएको छ ।

बजाज मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले आइतबार एक कार्यक्रमका बीच चेतकको ३५०१ भेरियन्ट सार्वजनिक गरेको हो ।

कम्पनीले चेतकको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।

विगत १ वर्षदेखि नेपालको विभिन्न भू–भागमा परीक्षण गरिएको यो स्कुटरले लोमान्थाङसम्मको सफल यात्रा गरिसकेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले नक्सालमा स्कुटरको लागि छुट्टै सुविधा सम्पन्न शोरुम समेत संचालनमा ल्याएको छ ।

चेतक ३५०१ मा ३.५ किलोवाटको फ्लोरबोर्ड–माउन्ट गरिएको ब्याट्री उपलब्ध छ । जसलाई ० देखि ८० प्रतिशत चार्ज गर्न झन्डै ४ घण्टा समय लाग्छ भने एक पटकको फुलचार्जमा १२७ किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।

साथै, यो स्कुटरमा ३५ लिटरको बुट स्पेश दिएको छ । चेतकमा एलसीडी कन्सोल, म्युजिक कन्ट्रोल, हिल होल्ड असिस्ट, रिभर्स लाइट र गाइड मी–होम ल्याम्प, स्मार्टफोन कनेक्टिभिटी जस्ता अत्याधुनिक फिचरहरू दिएको छ ।


Back_to_top