काठमाडौं । मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
आइतबार गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस सवा ४ बजेतिर सडकबाट तल खसेको हो।
घटनाको थप विवरण आउन बाँकी रहेको तनहुँ प्रहरीले जनाएको छ ।


