काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने मध्यको एक बजाज मोटरसाइकलको अधिकृत बितरक एचएच बजाजले आफ्नो नयाँ शोरुम ‘न्यु एसडिएस इन्टरप्राइजेज्’ले बाराको जीतपुर र ‘गुप्ता अटोमोबाईलस्’ गौरमा संचालनमा ल्याएको छ ।
एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नकालागि सँधै प्रतिबद्ध रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसोसरिज खरिदकालागि सहज बनाउने छ ।
नयाँ शोरुम उद्घाटन पछि कम्पनीका जेनेरल म्यनाजेर योगेन गुरुङले भने ‘नयाँ शोरुम संचालनमा भएको घोषणा गर्न पहुदा निकै खुशी लागेको छ । ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई जीतपुर (बारा) र गौरमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो ।’
नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।


