जापानीज टुह्वीलर निर्माता कम्पनी कावासाकीले इटालीको मिलानमा आयोजना भएको EICMA अटो शो २०१८ मा आफ्नो १२५ सीसी सेग्मेन्टको मोटसाइल सार्वजनिक गरेको थियो । कावासाकीले झन्डै २५ वर्ष पछाडि इन्ट्री लेवलको बाइकको रुपमा १२५ सीसी मोडलको बाइक सार्वजनिक गरेको हो ।
कम्पनीले निन्जा १२५ मा कम्पनीकै जेड–१२५ मा उपलब्ध इन्जिन तथा चेसिसको प्रयोग गरेको जनाएको छ ।
उक्त बाइकमा उपलब्ध सिंगल सिलिन्डर वाटर कुल्ड इन्जिनले करिब १५ बीएचपी पावर उत्पादन गर्छ । कम्पनीले यो मोटरसाइकल मीडरेन्जको उत्कृष्ट मिश्रण भएको बताउँदै राम्रो बजार पकड्ने दाबी गरेको छ ।
बाइकको कुल तौल १ सय ४८ किलोग्राम रहेको छ भने, सिट हाइट ७ सय ८५ एमएम रहेको छ ।
कावासाकीले यो इन्ट्री लेवल बाइकको माध्यमबाट नयाँ पुस्तालाई कावासकीसँग जोड्ने लक्ष्य बनाएको छ । यसमा आधुनिक मोटरसाइकलका सबै फिचर दिइएको छ ।
सन् २०१९ मा भारतीय बजारमा सार्वजनिक गर्ने तयारी भएको यो बाइक, संभवत २०१९ कै अन्त्यसम्ममा डिलर नेटवर्क विस्तारसँगै पुनः नेपाली बजारमा प्रबेश गर्नेछ ।

